झापा । प्रदेश नं. १ को ताप्लेजुङ, पाँचथर र इलामका विभिन्न ठाउँमा हिमपात भएको छ ।
ताप्लेजुङको उच्च क्षेत्रमा रहेका ओलाङचुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याव्ला, फलेलगायतका बस्तीमा बाक्लो हिमपात भएको छ भने प्रशिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत हिमपात भएको स्थानीयले बताएका छन् ।
पाँचथरको सुकेटार, चारराते, चिवाभञ्जाङ क्षेत्र र इलामको कन्याम, सन्दकपुरमा पनि हिमपात भएको बताइएको छ । हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।

