Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“७ दिन आइसोलेसनमा बसेपछि पुनः परीक्षण गर्नु पर्दैन”


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ ५ २०७८
  • 6.8K
    SHARES

काठमाडौं । सरकारले कोरोना संक्रमित व्यक्ति ७ दिन आइसोलेसनमा बसेमा पुनः परीक्षण गर्न नपर्ने बताएको छ ।  तर त्यसका लागि लगातार तीन दिन लक्षण नदेखिएको हुनुपर्नेछ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले ७ दिनपछि संक्रमण सर्ने जोखिम न्यून भएका कारण पुनः परीक्षण गर्न नपर्ने बताए । ‘अन्य देशका अनुसन्धानले होम आइसोलेसन बसेको ७ दिनपछि परीक्षण गर्न नपर्ने देखाएको छ,’ डा. पौडेलले भने ,‘लक्षणविहीन भएको अवस्थामा ७ दिनपछि पुनः परीक्षण गर्न पर्दैन ।

संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूका लागि पाँच दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने छ । पाँच दिन अगाडि नै परीक्षण गर्दा खासै नतिजा नदिने भएकाले सरकारले पाँच दिनपछि मात्रै परीक्षण गर्न सुझाव दिएको हो ।

पाँच दिनपछि परीक्षण गर्दा पोजेटिभ देखिएमा पुनः सात दिन आइसोलेसनमा बस्नुपर्ने हुन्छ । डा. पौडेलका अनुसार अस्पतालबाट डिस्चार्ज भएपश्चात तीन दिनपछि घरमा आइसोलेसनमा बसेर बाहिर निस्कन सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४