Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ ५ २०७८
  • 1.9K
    SHARES

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजेल/मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो । अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल/मटितेल १२२ रुपैयाँ पुगेको छ । घाटा भएपनि खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जानकारी दिएको छ ।

आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रति लिटर १०६ रुपैयाँ कायम गरिएको छ । अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गर्ने निर्णय गरिएको निगमले जनाएको छ ।

पछिल्लो पटक मिति २०७८ कात्तिक २४ गते मूल्य समायोजन भएको थियो ।

निगमले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १२ पटक नयाँ मूल्य प्राप्त गरेको र अधिकांश पटक मूल्य बढेर आएको भएपनि ३ पटक मात्र मूल्य समायोजन गरेको निगमले जानकारी दिएको छ ।

निगमले करिब १९ अर्व २६ करोड घाटा व्यहोरिसकेको र आगामी २३ जनवरी, २०२२ मा तेल खरिद वापत भुक्तानी गर्न निगमलाई झण्डै २ अर्ब रुपैयाँ नपुग हुने स्थिति देखिएको निगको दावी छ ।

‘सो रकम मूल्य स्थिरीकरण कोषबाट व्यहोर्नुपर्ने बाध्यात्मक स्थिति समेत सिर्जना भएको छ । तसर्थ निगमले प्रचलनमा ल्याएको स्वतः मूल्य निर्धारण संरचनालाई क्रियाशिल बनाई सो अनुरुप मूल्य समायोजन गर्दै जानुपर्ने देखिएको हुँदा आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल/मटि्लतेलको साबिकको बिक्रि मूल्यमवृद्धि गरिएको हो,’ निगमले विज्ञप्तिमा भनेको छ ।

आजको मूल्य समायोजन पश्चात् पनि १५ दिनमा करीब १ अर्ब ८८ करोड रूपैयाँ घाटा हुने स्थिति देखिएको निगमले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४