Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खोप अभियानका लागि माघ १५ पछि चार दिन विद्यालय खोल्ने निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ४ २०७८
  • 3.2K
    SHARES

काठमाडौं । खोप अभियान चलाउनका लागि १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय भएको छ ।

कोभिड–१९ भाइरसविरुद्धको खोप लगाइदिनका लागि १६ देखि २० माघसम्म विद्यालय खोल्ने निर्णय भएको गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाले बताए ।

सरकारले महामारीको ‘चेनब्रेक’ गर्न भन्दै २५ पुसमा सीसीएमसीसीले गरेको सिफारिस अनुसार १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

कोइरालाका अनुसार विद्यालय खोलिएको समयमा हरेक विद्यालयमा खोप अभियान चलाइने छ । सहसचिव कोइरालाले भने, ‘यो विषयमा निर्णय भइसकेको छ, सम्बन्धित मन्त्रालयले सूचना जारी गरेर कार्यान्वयनमा जान्छ ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको महामारीविरुद्धको प्रतिकार्य सम्बन्धी बैठकमा कोइरालाले यसबारे जानकारी दिएका हुन् ।

बैठकमा गृह सचिव टेकनारायण पाण्डे, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलगायत उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४