Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टुँडिखेलमा भएन माघी उत्सव


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १ २०७८
  • 3.7K
    SHARES

काठमाडौं । माघे संक्रान्तिका दिन विगतमा वर्षहरुमा काठमाडौंको टुँडिखेल निकै गुल्जार देखिन्थ्यो । आफ्नो ठूलो पर्व माघीको अवसरमा मगर र थारु समुदायले विशेष कार्यक्रम आयोजना गरेका हुन्थे ।

सरकारका मन्त्री र विभिन्न राजनीतिक दलका नेताहरु पनि टुँडिखेलमा माघीको शुभकामना दिन पुग्थे । मगर र थारु समुदयका युवा युवतीले आफ्ना जातीय पोशाक लगाएर नाचगान र रमाइलाे गर्थे । टुँडिखेलका स्टलमा मगर र थारु समुदायका मौलिक परिकार चाख्न पाइन्थ्यो ।

तर यो वर्ष कोरोना महामारी ह्वात्तै बढेकाले अन्तिम समयमा माघीको औपचारिक कार्यक्रम रोकियो । सरकारले केही दिनअघि २५ जना भन्दा बढी भेला हुन रोक लगाएको थियो ।

शनिबार टुँडिखेलमा कुनै औपचारिक कार्यक्रम त भएन । तर मगर र थारु समुदायका युवायुवती आफ्नो जातीय पोशाकसहित पुगेका थिए । माघी विशेष कार्यक्रम स्थगित भएको थाहा नपाएर हो वा अन्य कारणले टुँडिखेलमा भेला हुनेको संख्या ठूलो थियो ।

औपचारिक कार्यक्रम नभएको थाहा पाएपछि आफ्नो मौलिक पोशाकमा ठाँटिएका युवा युवतीले एकल तथा समूहमा तस्वीर खिचेर खुशीयाली मनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४