Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जग्गा किन्ने वहानामा निकटता, पछि हत्या


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १ २०७८
  • 2.1K
    SHARES

जनकपुरधाम । सर्लाहीको बरहथा नगरपालिका–१० कि सावित्री महराको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हरिवन नगरपालिका–१० ताइबान का २७ वर्षका सन्तोष साह, २७ बर्षका मुकेश ब्लोन र २२ बर्षय रोहित हजरा रहेका छन् । सर्लाहीका प्रहरी प्रमुख कृष्ण प्रसाईंले पक्राउ परेकाहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको बताए । पुस १७ गते उपचारका लागि वीरगञ्ज जान्छु भनी घरबाट हिँडेकी सावित्री घर नफर्किएपछि खोजी शुरु भएको थियो । २३ पुसको विहान १० बजेतिर बरहथवा नगरपालिका–१० स्थित रामछबिला साहको उखु खेतभित्र शव भेटिएको र उक्त शव सावित्रीको भएको पत्ता लागेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार सन्तोष साह हुन् । सन्तोष र सावित्रीबीच दुई वर्षअघिदेखि चिनजान थियो । सावित्रीका श्रीमान वैदेशिक रोजगारीमा छन् । श्रीमानले पठाएको रकमबाट जग्गा किन्ने तयारी गरेकी सावित्रीले सन्तोषलाई जग्गा खोजिदिन भन्दै दुई लाख रुपैयाँ दिएकी थिइन् ।

सर्लाहीका प्रहरी प्रमुख प्रसाईं सावित्री र सन्तोषबीच प्रेम सम्बन्ध रहेको र पछिल्लो समय सावित्रीले विवाह गर्न दबाव दिएको अनुसन्धानका क्रममा खुलेको बताउँछन् । सन्तोषले विवाह गर्न अस्वीकार गरे, बरु हत्याको योजना बनाए । प्रहरी प्रमुख प्रसाईं भन्छन्, ‘सोही योजना अनुरुप साथीहरुको सहयोगमा सन्तोषले सावित्रीको हत्या गरेका रहेछन् ।

प्रहरीका अनुसार पुस १७ गते सन्तोष साथीहरु मुकेश ब्लोन र रोहित हजारालाई लिएर बरहथवातिर गए । तीनैजना ना ४५ प ५२०७ नम्बरको एउटै मोटरसाइकलमा चढेर बरहथवा–१० इँटा उद्योग नजिकको उखुबारीमा बसे । त्यसपछि सन्तोषले सावित्रीलाई उनको घरबाट लिएर आए र आफू पिसाब गर्ने वहानामा सावित्रीलाई एक्लै बनाइदिए । त्यही बेला ब्लोन र हजरा र साह मिलेर सावित्रीको हत्या गरेको एसपी प्रसाईंले बताए ।

हत्यापछि उनीहरुले सावित्रीको शव जलाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४