Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एपीएफ बन्यो टाइगर कपको च्याम्पियन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १ २०७८
  • 3.1K
    SHARES

पोखरा । विभागीय भिडन्तमा त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गर्दै एपीएफले दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनलमा एपीएफले आर्मीलाई ३-० को सेटमा पराजित गर्दै लिग चरणमा बेहोरेको हारको बदला समेत लियो । एक पक्षीय जस्तै बनेको फाइनलमा एपीएफले आर्मीलाई २५-२३, २५-१५, २५-२० ले हरायो ।

एपीएफले पहिलो पटक टाइगर कपको उपाधि जितेको हो । गत संस्करण पनि फाइनल खेलेको एपीएफ नेपाल पुलिससँग पराजित हुँदै उपविजेता बनेको थियो । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भइरहेको प्रतियोगिता पाँच टोलीले राउण्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गरेका थिए । जसमा आर्मी तीन खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको थियो । यस्तै एपीएफ दोस्रो भएर फाइनल पुगेको थियो ।

शनिबारै पुरुषतर्फको फाइनलमा हेल्प नेपाल र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

च्याम्पियन एपीएफले उपाधिसँगै नगद तीन लाख प्राप्त गरेको छ । यस्तै उपविजेता आर्मीले एक लाख ५० हजार प्राप्त गर्दा तेस्रो स्थानमा रहेको न्यु डायमण्डले ७५ हजार प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४