Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेला स्थगित भए पनि त्रिवेणीघाटमा स्नान गर्नेको घुइँचो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १ २०७८
  • 3.8K
    SHARES

काठमाडौं । काभ्रेको पनौती नगरपालिका-७ स्थित त्रिवेणीघाटमा स्नान गर्नेको भीड लागेको छ । १२ वर्षमा लाग्ने बृहत मकर मेला स्थगित भए पनि बिहानैदेखि स्नान गर्नेको भीड लागेको हो ।

त्रिवेणीघाटमा हरेक १२ वर्षमा मकर सङ्क्रान्तिको दिन मेला लाग्छ । त्रिवेणीघाटमा पुण्यमाता, रोशी खोला र पद्मावती तीन नदी छन् । त्रिवेणीघाटमा स्नान गर्दा पुण्य हुने विश्वासका साथ भक्तजनले माघ १ गते बिहानै घाटमा पुगेर नुहाउने गर्छन् ।

त्रिवेणीघाटमा यस वर्ष मेला लाग्ने भएकोले भौतिक संरचनासमेत निर्माण गरिएको थियो । मकर सङ्क्रान्तिको दिन सुरु हुने यो मेला माघ महिनासम्म लाग्ने गर्छ । तर, मेला लाग्ने समयमा कोरोना भाइरसको तेस्रो लहर तीव्ररुपमा बढेपछि जिल्ला कोभिड व्यवस्थापन समिति(डीसीएमसी) काभ्रेको बैठकले मेला स्थगित गर्न आयोजकलाई निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४