Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ६० हजार बढि संक्रमित


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ३० २०७८
  • 2.6K
    SHARES

काठमाडौं । भारतमा कोरोना संक्रमणदर दिनहुँ तीव्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा भारतमा दुई लाख ६४ हजार संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या तीव्र बढेको हो । भारतमा कूल संक्रमितमध्ये ३ दशमलव ४८ प्रतिशत सक्रिय संक्रमित छन् ।

त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडबाट ३१५ जनाको मृत्यु भएको छ । कोभिडबाट केरला, महाराष्ट्र र नयाँ दिल्ली सबैभन्दा बढी प्रभावित छन् । भारतमा हालसम्म ५ हजार ७५३ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ६३ लाख १७ हजार ९२७ पुगेको छ भने हालसम्म चार लाख ८५ हजार ३५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४