Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीनद्वारा नेपाललाई गर्ने सहयोगमा राजनीतिक स्वार्थ नलुकेको प्रष्टीकरण


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ३० २०७८
  • 2K
    SHARES

काठमाडौं । चीनले नेपाललाई गर्ने सहयोगमा कुनै राजनीतिक तथा सामरिक स्वार्थ नलुकेको प्रष्टीकरण दिएको छ ।

नेपालका केही संघसंस्थाहरुले राजधानीको माइतीघर मण्डलामा चीन विरुद्ध प्रदर्शन गरेपछि चीनले चासो व्यक्त गरेको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले हिजो बेलुका वक्तव्य जारी गर्दै नेपालको सीमा मिचेको, नाकाबन्दी लगाएको, विद्यार्थीलाई फर्कन नदिएको र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्ने आरोपहरुको खण्डन गरेका छन् ।

नेपाल जागरुक संघको ब्यानरमा केही ब्यक्तिहरुले गत बुधबार माइतीघर मण्डलमा चीनसँगको सरोकारका मुद्दा कार्यान्वयन हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनको भोलिपल्ट चिनियाँ दूतावासले प्रतिक्रिया जनाएको हो ।

चीनले नेपाललाई उसको महत्वाकांक्षी पूर्वाधार परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को महत्वपूर्ण अंग मानेको र आफूले नेपाललाई गर्ने सहयोगमा कुनै राजनीतिक उद्देश्य नरहेको समेत प्रष्ट पारेको छ ।

नेपाल र चीनबीच सीमा समस्या नरहेको दोहो¥याउँदै सन् १९६० कै मैत्रीपूर्ण परामर्श अन्तर्गत सीमा समस्या हल भएको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४