Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अफ्रिका कपः आयोजक क्यामरुन नक आउट चरण पुग्ने पहिलो टोली


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ३० २०७८
  • 3.5K
    SHARES

काठमाडौं । आयोजक क्यामरुन अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको नक आउट चरणमा पुग्ने पहिलो टोली बनेको छ ।

गएराति भएको खेलमा इथियोपियालाई हराउँदै क्यामरुनले राउण्ड अफ सिक्सटिनमा स्थान सुरक्षित गरेको हो । इथियोपियाविरुद्धको खेलमा १ गोलले पछि परेको अवस्था उल्टाउँदै क्यामरुन ४–१ ले विजयी भयो ।

खेलको चौथो मिनेटमै इथियोपियाका डावा होस्टेसा डुकेले गोल गरे । तर यसपछि क्यामरुनका लागि कार्ल टोको इकाम्बी र भिसेन्ट अबुबाकरले दुई दुई गोल गर्दै टोलीको जित पक्का गरे ।

जितपछि दुई खेलबाट ६ अंक जोडेको क्यामरुनले समुहमा अग्रता लिएको छ । इथोपियाले भने जित निकाल्न सकेको छैन ।

गएरातिको खेलमा केप भर्डेलाई १–० ले हराएको बुर्किना फासो ३ अंकसहित समुहको दोस्रो स्थानमा रहेको छ भने तेस्रो स्थानको केप भर्डेको पनि ३ अंक नैं छ ।

अफ्रिका कपमा आज राति सेनेगल र गिनी, मलावी र जिम्बाबे तथा मोरक्को र कोमोरस भिड्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४