Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ६ महिना पूरा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २९ २०७८
  • 2.1K
    SHARES

काठमाडौं । शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री बनेको ६ महिना पूरा भएको छ । सर्वोच्च अदालतको परमादेशबाट देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्दा उल्ट्याउँदै सर्वोच्च अदालतले विपक्षी गठबन्धनका नेता देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश दिएको थियो ।

प्रधानमन्त्री देउवाको ६ महिनाको कार्यकाल भने शिथिल रुपमा बितेको छ । तीन महिना मन्त्रिपरिषद विस्तार समेत गर्न नसक्नुभएका प्रधानमन्त्री देउवाले यस बीचमा दैनिक प्रशासन चलाउने भन्दा कुनै उल्लेख्य काम गर्नुभएको छैन ।

महामारी नियन्त्रणका लागि खोप, खोप, खोप अभियान भनेको देउवा सरकारले त्यही खोप अभियानलाई समेत तिब्रता दिन असफल भएको छ । सरकार बनेको झण्डै एक महिनापछि साउन २४ मा घोषणा गरिएको न्यूनतम साझा कार्यक्रम पनि अलपत्र अवस्थामा छ ।

प्रमुख प्रतिपक्षीको अवरोध खुलाउन नसक्दा महत्वपूर्ण विधेयकहरु समेत अघि बढ्न सकेका छैनन भने अमेरिकी सहयोग सम्झौता एमसीसी पनि अलपत्र अवस्थामा छ । बरु देउवा कार्यकालका पछिल्ला दिनहरुमा न्यायिक क्षेत्र अस्थिर र आन्दोलित अवस्थाबाट गुज्रिएको छ ।

६ महिनाको अवधिमा देउवा बेलायतको स्कटल्याण्डमा आयोजित विश्व जलवायु सम्मेलनमा जानुभयो भने यही पुस २५ गतेदेखि भारत भ्रमण जाने कार्यक्रम भने अचानक रद्द भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४