Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘कोरोना संक्रमण दैनिक बढ्दैछ, भीडभाडजन्य गतिविधि नगरौं’


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २८ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले कोभिड-१९ संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर राखेर १८ बुँदे आदेश जारी गरिएको बताएका छन् ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएका कारण सम्भावित जोखिमको विश्लेषण भएपछि सीसीएमसीसीको सिफारिस कार्यान्वयन गर्न प्रशासनले आदेश जारी गरेको उनको भनाइ छ ।न्यूज एजेन्सीसँगको कुराकानीमा सहाजक प्रजिअ अधिकारीले भने, ‘पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिक संक्रमण दर बढ्दै गइरहेको छ । संक्रमणको चाप बढ्दै गइरहेको अवस्थाको विश्लेषण गरी भीडभाडजन्य गतिविधिहरू रोक्न, जनस्वास्थ्य मापदण्डका पालना गराउन आदेश जारी भएको हो ।’

स्थानीय प्रशासनले विशेष गरी भीडभाडजन्य क्रियाकलापको न्यूनीकरण, जनस्वास्थ्यका मापदण्डको पालना लगायतका कार्यलाई प्रभावकारी बनाउन लागि परेको उनको भनाइ छ । जसका लागि अनुगमनलाई पनि प्रभावकारी बनाइनेछ ।प्रशासनले आमरुपमा नागरिकहरूमा स्वास्थ्य मापदण्ड पालनाका लागि आह्वान गर्ने, संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सहयोग प्राप्त गर्ने वातावरण बनाउने उनले बताए ।

अस्पताल, स्वास्थ्य युनिट, स्वास्थ्य संस्थामा संक्रमितको चाप बढ्दै जाँदा आईसीयू बेडको व्यवस्थापन, अक्सिजन सिलिण्डरको उपलब्धता लगायत अन्य स्वास्थ्य सामग्रीको उपलब्धता, त्यसको भण्डारण र त्यसलाई थप अपडेट गराइराख्न डीसीसीएमसीले सरोकार पक्षलाई निर्देशन भइसकेको उनले बताए । अक्सिजन सिलिण्डर कोही कसैसँग बाहिर अनौपचारिक रुपमा रहेको भए सम्बन्धित उद्योगमा, स्थानीय तहमा, अस्पतालहरूमा फिर्ता गरिदिन आह्वान भइसकेको उनले बताए ।

त्यसैगरी सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूलाई कोभिड उपचारका लागि आवश्यक पर्ने तयारीका साथ रहन, सोसम्बन्धी व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन पनि डीसीसीएमसीको बैठकबाट निर्णय भइसकेको सहायक प्रजिअ अधिकारीले बताए ।संक्रमण फैलिन नदिन प्रशासनले सूचना, निर्देशनात्मक आदेशहरू प्रवाह भइरहेको छ भने अर्कोतर्फ पूर्वाधारका बारेमा पनि आवश्यक जानकारी लिने काम भइरहेको उनले बताए ।

काठमाडौं उपत्यकाका करिब ९० प्रतिशत नागरिकले कोरोना खोप लगाएको सकेको दावी गर्दै सहायक प्रजिअ अधिकारीले भने, ‘माघ ७ गते अघि बाँकी १० प्रतिशत नागरिकलाई खोप दिइसक्ने गरि अभियान सञ्चालन भइरहेको छ ।’माघ ७ गते पछाडि सार्वजनिक सेवा लिन खोप कार्डमा अनिवार्य गर्नुलाई सकारात्मक ढंगले लिन उनको आग्रह छ । काठमाडौं उपत्यकाको हकमा सबै लक्षित समूहलाई खोप लगाइसक्ने लक्ष्य रहेकोले यो लक्ष्य भेट्याउन पनि खोप कार्डको अनिवार्य गर्ने सूचनाले सहयोग पुर्‍याउने उनले बताए ।

उनले भने, ‘यो नियमले खोप लगाउन छुट भएका व्यक्तिहरूलाई पनि खोप लगाउन प्रेरित गर्छ । भविष्यमा समेत खोप कार्ड प्रयोगमा आउने भएकाले सुरक्षित राख्न समेत उत्प्रेरित गराउँछ ।’पछिल्लो समय खोपको अभाव नभएको र खोप लगाउन विभिन्न स्थानहरू तोकिएको, त्यसलाई सरलीकृत गरिएको भन्दै उनले खोप लगाउन सबैसँग उनको आग्रह छ ।सरकार एक्लैले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न नसक्ने भन्दै उनले आमनागरिकको पनि जिम्मेवारी रहेको भन्दै जनस्वास्थ्य मापदण्डको पालना, सरकारले लागू गरेका नियमको पालन गर्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४