Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१८ करोड वर्ष पुरानो समुन्द्री ड्रायगनको ३० फिट लामो कंकाल भेटियो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २८ २०७८
  • 8.5K
    SHARES

एजेन्सी ।१८ करोड वर्ष पुरानो समुन्द्री ड्रायगनको ३० फिट लामो कंकाल फेला परेको छ । बेलायती वैज्ञानिकहरुले प्रागैतिहासिक कालको समुन्द्री ड्रायगनको कंकाल फेला पारेका हुन् ।

समुन्द्री ड्रायगन हेर्दा कुनै समयको डल्फिन माछा जस्तै देखिन्थो । तर यो करोडौं वर्ष पहिला पाइन्थ्याे भने अहिले वैज्ञानिकहरुले त्यसको कंकाल फेला पारेका हुन् । वैज्ञानिकहरुकाअनुसार बेलायतमा यो भन्दा ठूलो जिवांश कहिल्यै फेला परेको थिएन । हेर्दा डल्फिन जस्तै देखिने यसको लम्बाइ करिब ३० फिट रहेको छ ।

बेलायतकाे द मिरर सञ्चारमाध्यमकाअनुसार यो सरीसृपमा भेटिएको कंकाल करिब १० मिटर लामो छ । यसको टाउकोको तौल करिब एक टन छ । यती ठूलो आकारको जिवांश बेलायतमा पहिलो पटक भेटिएको हो ।

यस जिवांशको खोजी सबैभन्दा पहिला सन् २०२१ मा लेस्टरशायरमा बस्ने जोए डेविसले र रटल्यान्ड वाइल्ड लाइफ ट्रस्टले एक रुटिन कार्यक्रममा रटल्यान्ड वाटरको लगुन आइसल्यान्डमा गरेका थिए । यसअघि १९ औं शताब्दीको प्रारम्भमा मेरी एनिङले पहिलो पुर्खाका समुन्द्री ड्रायगनको पहिलो जिवांश पत्ता लगाएका थिए ।

यस प्रजातिबारे अध्ययन गरेका जीवांश विद् डाक्टर डीन लोमेक्सले भनेका छन् ‘पहिले पनि धेरै जिवांश भेटिएका छन् तर, यो सबैभन्दा ठुलो हो ।’

बेलायती जिवांश इतिहासमा यो सबैभन्दा ठूलो अनुसन्धान हो । समुन्द्री ड्रायगन सबैभन्दा पहिला २५ करोड वर्ष अगाडी देखिएको थियो । तर यो ९ करोड वर्ष पहिला लोभ भएको समाचारमा उल्लेख छ । यसको लम्बाई २५ मिटरसम्म हुने गरेको र हेर्दा डल्फिन जस्तै देखिने गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४