Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेको प्रदेश अधिवेशन सर्‍यो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २७ २०७८
  • 8.2K
    SHARES

काठमाडौं, पुस २७ । कोरोना महामारीको तेस्रो लहर सुरु भएको भन्दै नेकपा एमालेले प्रदेश अधिवेशन माघको अन्तिम साताका लागि सारेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले प्रदेश अधिवेशन आगामी माघ २८ र २९ का लागि सारिएको जानकारी दिनुभयो । मंसिरको अन्तिम साता भएको एमाले केन्द्रीय बैठकले माघ ८ गते एकैदिन प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो ।

यता, जिल्ला अधिवेशन सुरु भएको पाँचौ दिनसम्म आइपुग्दा ५२ जिल्लाको नेतृत्व चयन भएको छ । सर्वसम्मत नेतृत्व चयनका लागि केन्द्र र प्रदेशबाट तल्लो तहसम्म सर्कलुर जारी गर्दा पनि केही जिल्लाको नेतृत्वमा आँकाक्षीबीच सहमति जुट्न नसक्दा मतदानबाट नेतृत्व चयन भएको हो ।

हालसम्म कपिलवस्तुबाट डम्मर शर्मा, पश्चिम नवलपरासीबाट दिपेन्द्र अधिकारी, ताप्लेजुङबाट भुपेन्द्र थेबे, बागलुङका हिरा केसी र प्युठानका विजयविराज विष्ट निर्वाचनको प्रक्रियाबाट अध्यक्षमा निर्वाचित भएका छन् ।

दैलेख, कास्की, जाजरकोटलगायतका जिल्लामा मतदान भइरहेको र केही जिल्लामा नेताहरु सहमति जुटाउनमै केन्द्रीत बन्दा उद्घाटन भएका बन्दसत्र सुरु भएको छैन । अध्यक्ष सर्वसम्मत भएका केही जिल्लामा अन्य पदाधिकारी र सदस्य मतदानबाट चुनिएका छन् । प्रदेश २ मा सप्तरीबाहेक अन्य ७ जिल्लामा अधिवेशनले गति पाउन सकेको छैन । केही जिल्लामा केन्द्रीय तहका नेताहरुको अघोषित प्रतिस्पर्धाले नेतृत्व चयनमा सकस पर्दै गएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४