Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले कैलालीकाे अध्यक्षमा ४ मत अन्तरले थापा विजयी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २७ २०७८
  • 8.9K
    SHARES

धनगढी । नेकपा एमाले कैलालीको अध्यक्षमा रतनबहादुर थापा विजयी भएका छन् । प्रत्यासी रणबहादुर चन्दलाई ४ मत अन्तरले पराजित गर्दै थापा अध्यक्षमा विजयी भएकाे निर्वाचन समितिले जनाएकाे छ ।

थापाले दुई सय ८७ मत पाउँदा चन्दले भने दुई सय ८३ मत प्राप्त गरेका छन् । उनीहरू दुवै प्यानलसहित चुनावी मैदानमा हाेमिएका थिए ।

उपाध्यक्षमा थापा प्यानलका दुर्गाप्रसाद जाेशी सबैभन्दा बढी तीन सय २७ मत ल्याएर विजयी भएका छन् भने चन्द प्यानलका सिताराम बुढाथोकीले दुई सय ७ मत ल्याए ।

सचिवमा भने चन्द प्यानलका डेजी पाण्डे विजयी भएका छन् । पाण्डे दुई सय ९४ मत ल्याएर विजयी भएकाे निर्वाचन समितिले जनाएको छ । उनका प्रतिद्वन्द्वी दानबहादुर विकले दुई सय ६० मत ल्याए । उनी पार्टीका निवर्तमान सचिव समेत हुन् ।

उपसचिवमा पनि चन्द प्यानलकै ममताप्रसाद चाैधरी र लोकेन्द्र शाही विजयी भएका छन् । चाैधरीले दुई सय ९० र शाहीले एक सय ९६ मत ल्याए । उपसचिव पदका उम्मेदवार थापा प्यानलका प्रेम डगाैराले एक सय ७१ र मदन ओझाले एक सय ७० मत ल्याए भने स्वतन्त्र उम्मेदवार दिएका विनय शाहले एक सय ७८ मत पाएका छन् ।

अध्यक्ष लगायतका पदाधिकारीकाे मत गणना सकिए पनि सदस्यहरूकाे भने गणना गर्न बाँकी छ । निर्वाचन समितिले मंगलबार बिहान ८ बजेदेखि सदस्यहरूकाे मत गणना शुरू गरिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४