Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल एयरलाइन्स खत्तम भयो, सकियो भन्ने अवस्था होइन : कार्यकारी अध्यक्ष


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २६ २०७८
  • 9K
    SHARES

काठमाडौं ।  नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल एयरलाइन्स खत्तम भयो, सकियो भन्ने अवस्था नरहेको बताएका छन् ।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले नयाँ व्यवस्थापन आएपछि जहाजको अधिकतम उपयोग गर्ने गरी कार्ययोजना बनाएर काम गरिरहेको बताए । ‘अहिले देखिएका समस्या तत्काल आएका होइनन,’ अधिकारीले भने, ‘तर, कुर्सीमा बसेका कारण म जिम्मेवारी लिन्छु ।’

‘कोभिड-१९ को बेला नेवानिमाथि अन्त्याय भएको छ, यस पिरियडमा नेवानिले चार्टर्ड उडान ५६ मात्र पायो, हिमालयनले २३९ पायो, सरकारले किन हेर्दैन ?’ अधिकारीको प्रश्न थियो ।

नेवानिलाई देखाएर भन्न सजिलो रहेको भन्दै उनले काम गर्न नदिएका धेरै उदाहरण रहेको बताए । अधिकारीले अगाडि भने, ‘निजीलाई प्रशय दिने काम नहोस्, हामी काम गरेर देखाउँछौ । नयाँ बिजनेस प्लान बन्दैछ । बिजनेस प्लानका आधारमा सहयोग पाउने अपेक्षा छ ।’

कार्यकारी अध्यक्ष अधिकारीले भने, ‘कम्पनी मोडलबारे कर्मचारीले केही नबुझेका भने होइनन्, उनीहरु पनि निगमको हितमा काम गर्न चाहन्छन्, केही कुरामा फरक होला, यसमा म सहजीकरण गर्छु,  हत्तपत्त सरोकारवालासँग छलफल नगरी विगतमा प्रस्ताव लगेकोमा कर्मचारीबाट बिरोध भएको हो ।’ निगमको सम्पत्तिको मूल्यांकन निकै सस्तोमा गरिएको र सोही कारण कर्मचारीको विगतको आन्दोलन जायज थियो भन्ने आफूलाई लागेको उनको भनाइ थियो ।

निगमले जहाज किन्न लिएको ऋण तिर्न कटिबद्ध रहेको भन्दै उनले यसका लागि बिजनेश प्लान बनिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४