Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानन्यायाधीश जबराविरुद्धको रिट निवेदन : न दर्ता, न दरपीठ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २६ २०७८
  • 7.6K
    SHARES

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि छानबीनको आदेश माग गर्दै सर्वोच्च अदालतमा पेश भएको रिट एक महिनादेखि अलपत्र परेको छ ।

अधिवक्ता माधवकुमार बस्नेतले गत मंसीर २८ गते पेश गरेको निवेदन एक महिना बित्दासमेत सर्वोच्च अदालत प्रशासनले न दर्ता गरेको छ, न दरपीठ (अस्वीकृत हुने आदेश) नै गरेको छ ।

‘मैले निवेदन पेश गरेको एक महिना हुन आँट्यो । न त्यो दर्ता भएको सूचना आएको छ, न दरपीठ नै भएको छ’ अधिवक्ता बस्नेतले जन न्युज नेपाल खबर संग  भने, ‘अति नै भएपछि मैले आइतबार मेरो निवेदनमाथि के कारवाही भयो ? सूचना पाउँ भनी सूचनाको हक अनुसार निवेदन पेश गरेको छु ।’

सर्वोच्च अदालत नियमावलीको नियम १७ र १८ मा अदालतमा निवेदन दर्ता गर्ने र त्यसलाई अस्वीकृत गर्न सकिने व्यवस्था उल्लेख छ । उक्त नियम अनुसार, अदालतको क्षेत्राधिकारमा नपर्ने, हकदैया नभएको, कानूनी आधार नभएको निवेदन पेश भएमा त्यसलाई दर्ता गर्न नमिल्ने भनी अस्वीकृत गर्नुपर्छ ।

कानूनी भाषामा दरपीठ भनिने यस्तो आदेश गर्दा दर्ता नहुनुको आधार र कारण समेत खुलाउनुपर्छ । र त्यसको एक प्रति सम्बन्धित पक्षलाई दिनुपर्छ । नत्र नियम बमोजिम पेश भएको निवेदन दर्ता गर्नुपर्छ । तर बस्नेतले पेश गरेको निवेदन सर्वोच्च प्रशासनले अस्वीकृत गर्ने वा दर्ता गर्ने कुनै निर्णय गरेको छैन ।

निवेदनमा के छ ?

सर्वोच्च प्रशासन स्रोतले जन न्युज नेपाल  खबरलाई   उपलब्ध गराएको निवेदनमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा संवैधानिक जिम्मेवारी पूरा गर्न अयोग्य र असक्षम भएको, संविधान, कानून र न्यायाधीशको आचार संहिताअनुसार काम गर्न नसकेको आरोप लगाइएको छ । निवेदनमा उनले निजी स्वार्थका लागि पद र पदीय अधिकारको दुरुपयोग गरेर संस्थाप्रतिको जनआस्थालाई क्षयीकरण गरिरहेको भन्दै रिट निवेदनमा जवरामाथि छानबीनको माग छ ।

अधिवक्ता बस्नेतले जबरामाथि छानबीनको प्रक्रिया अघि बढाउन सभामुख, प्रतिनिधिसभा र महाभियोग सिफारिस समितिका नाममा आदेश जारी गर्न पनि माग गरेका छन् । प्रधानन्यायाधीश जबरालाई विदा गरेर कामू प्रधानन्यायाधीशको व्यवस्था क्रियाशील गराउन पनि रिट निवेदनमा माग गरिएको छ । अनि आफूले माग गरेको विषयमा अन्तरिम आदेश जारी गरी मुद्दालाई प्राथमिकता दिई छिटो किनारा गर्न पनि माग छ ।

अधिवक्ता बस्नेतले रिट निवेदनमा प्रधानन्यायाधीश जबराका साथै उनको सरकारी निवास, सर्वोच्च अदालत, संवैधानिक परिषद र त्यसको सचिवालय, सभामुख र प्रतिनिधिसभाको सचिवालय, संघीय संसदको महाभियोग सिफारिस समितिलगायतलाई विपक्षी बनाएका थिए ।

रिट निवेदन दर्ता नहुने अनि दरपीठ समेत नहुने भएपनि अधिवक्ता एवं संवैधानिक कानून व्यवसायी मञ्चका पूर्वअध्यक्ष राजुप्रसाद चापागाईले समेत सर्वोच्च अदालतमा निवेदन दिएका थिए । निवेदनमा अधिवक्ता बस्नेतले दर्ताका लागि पेश गरेको निवेदनमाथि कारवाही अघि बढ्यो वा दरपीपठ भयो भन्ने बारे कारण माग गरिएको छ ।

त्यस्तै अहिलेसम्म रिट दर्ता र दरपीठ दुवै नभएको भए त्यसको कारण समेत माग गरिएको छ । उक्त रिटका बारेमा अरु सूचना पनि माग गरेको तर जवाफ नआएपछि रिट निवेदक एवं अधिवक्ता बस्नेतले फेरि सर्वोच्चमा सूचना माग्दै अर्को निवेदन दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४