Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन”


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २५ २०७८
  • 4K
    SHARES

चुनाव चिन्ह प्रदान, भोलिदेखि आचारसंहिता लागु”

काठमाडौं, पुस २५ । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि उम्मेद्वारको अन्तिम नामवली प्रकाशन गरेको छ । अन्तिम नामवलीसँगै आयोगले उम्मेद्वारलाई चुनाव चिन्ह पनि प्रदान गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो, नेकपा (एकीकृत समाजवादी)लाई कलम, नेकपा एमालेलाई सूर्य, जनता समाजवादी पार्टी (जसपा)लाई ढल्केको छाता, नेपाली काँग्रेसलाई रुख चिन्ह प्रदान गरिएको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र)लाई गोलाकारभित्र हँसिया हथौडा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई साइकल, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)लाई मादल र राष्ट्रिय जनमोर्चालाई गिलास चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ ।

यसैबीच आयोगले निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शीता तथा भयमुक्त वातावरण कायम गर्न सोमबारबाट लागु हुने गरि निर्वाचन आचारसंहिता समेत जारी गरेको छ । आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल तथा दलसँग आबद्ध भातृ संगठनमा लागु हुने आयोगले जनाएको छ । यसअघि राष्ट्रियसभा निर्वाचनका लागि पुस २० गते ९ दलबाट ४३ उम्मेदवारको मनोनयन दर्ता भएको थियो ।

निर्वाचनका लागि सत्ता गठबन्धनका पाँच दलले सिट भागबन्डा गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै प्रतिस्पर्धा गर्दैछ ।

#निर्वाचन आयोगराष्ट्रियसभा निर्वाचन

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४