Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जमुनाहा नाकामा कोभिड संक्रमित बढे


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २५ २०७८
  • 11.6K
    SHARES

भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि खुला नाकाबाट नेपाल भित्रनेक्रम बढ्दो छ । नेपालगञ्जको जमुनाहा नाकामा भारतबाट दैनिक ठूलो संख्यामा फर्किरहेका नेपालीमा कोरोना देखा परिरहेको छ । यो नाकामा पछिल्लो एकसाता यता भारतबाट आएका संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

दाङ । भारतमा कोभिड-१९ को संक्रमण फैलन थालेपछि खुला नाकाबाट नेपाल भित्रनेक्रम बढ्दो छ । नेपालगञ्जको जमुनाहा नाकामा भारतबाट दैनिक ठूलो संख्यामा फर्किरहेका नेपालीमा कोरोना देखा परिरहेको छ । यो नाकामा पछिल्लो एकसाता यता भारतबाट आएका संक्रमितको संख्या बढ्दै गइरहेको छ । आइतबार भारतबाट जमुना नाका हुँदै नेपाल आएका ६ सय ७५ जनाको परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको छ । शनिवारमात्रै भारतबाट आएका ४९ जनामा कोरोना देखिएको थियो । जुन् अहिलेसम्मकै धेरै हो ।

भारतका विभिन्न सहरबाट फर्कनेहरुमा कोभिड संक्रमण देखिनेक्रम दिनहुँ बढ्दै गएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकल पर्सन तेजबहादु्र वलीले बताए। ‘केही महिनाअघि मात्र नाकामा संक्रमित शून्‍य हुन्थे’ उनले भने, ‘पछिल्लो साता संक्रमितको संख्या उकालो लाग्दै गइरहेको छ ।’ नाकामा एक सातामामात्रै १ सय ५२ जनामा संक्रमण देखिएको छ । हालसम्म ५ सय ५५ जनामा कोभिड संक्रमण देखिएको उनले बताए । नाकामा दैनिक करिब आठ सयसम्म एन्टिजेन जाँच हुने गर्छ ।

नेपालगञ्ज नाकामा कोरोना पोजिटिभ देखिएकालाई आइसोलेसन केन्द्रमा ल्याएर सम्बन्धित पालिकामा पठाउने गरिएको उनले जानकारी दिए । आइसोलेसनमा ल्याइएका व्यक्तिलाई सम्बन्धित पालिकाबाट गाडी मगाएर पठाउने गरिएको छ । कोरोना देखिएका प्रायः पहाडी जिल्लाका छन् । भारतमा कोरोना प्रकोप बढेपछि नेपाली घर फर्किरहेका छन् । भारतको दिल्ली, महाराष्ट्र, चण्डीगढ, हैदरावाद, चेन्नाईबाट आएका व्यक्तिमा कोरोना देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४