Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल प्रहरीमा विवादित एसएसपी र एसपीलाई पुरस्कार !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २५ २०७८
  • 7.4K
    SHARES

काठमाडौं । नेपाल प्रहरीमा विवादास्पद छविका तीन प्रहरी अधिकृतले ‘पुरस्कार’ पाएका छन् ।

भ्रष्टाचारसम्बन्धी आरोपमा छानबीनमा परेकी एसएसपी पूजा सिंहलाई गृह मन्त्रालयले डीआईजीमा बढुवा सिफारिस गरेको हो । प्रशासनतर्फको दरबन्दी खाली नभएको अवस्थामा प्राविधिकतर्फको दरबन्दी प्रशासनतर्फ ल्याएर उनलाई बढुवा सिफारिस गरिएको हो ।

त्यस्तै, कार्यसम्पादन क्षमतामा पटकपटक प्रश्न उठेका दुई प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी प्रधान कार्यालय, नक्सालले आइतबार संवेदनशील जिल्लाको जिम्मा दिएको छ । एक उच्च प्रहरी अधिकृत भन्छन्, ‘प्रहरी नेतृत्व र गृह मन्त्रालयले किन यस्तो निर्णय गर्‍यो थाहा छैन, तर यसको परिणाम राम्रो देखिने छैन ।’
  • प्राविधिकको दरबन्दी प्रशासनमा

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई बढुवा गर्न सरकारले प्राविधिकतर्फ रहेको विशिष्ट श्रेणीको दरबन्दी प्रशासनतिर सारेको छ । नेपाल प्रहरीमा सञ्चार निर्देशनालयका तत्कालीन प्रमुख डीआईजी राजीव सुब्बाले राजीनामा दिएपछि प्राविधिकतर्फ एक डीआईजीको दरबन्दी रिक्त थियो । सोही रिक्त दरबन्दीलाई प्रशासनतिर ल्याएर एसएसपी सिंहलाई बढुवा गर्न सिफारिस गरिएको हो ।

यदि सिंह अहिले डीआईजीमा बढुवा नभएको भए उनले एसएसपीको ५५ वर्षे उमेर हदका कारण एक महिनापछि अर्थात ६ फागुनमा अवकाश पाउने थिइन् । तर गृह मन्त्रालयले उनलाई डीआईजीमा बढुवा गर्ने भएसँगै उनको जागिर अवधि थप एक वर्ष लम्बिएको छ । प्रहरी प्रधान कार्यालय, नक्साल स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसँग राम्रो सम्बन्ध भएका कारण प्राविधिकतिरको पद थप गरेर उनी डीआईजीमा बढुवा सिफारिस भएकी हुन् ।

सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि भ्रष्टाचारसम्बन्धी उजुरी छ । काभ्रेमा प्रहरी प्रमुख एसपी हुँदा सिंहले सिपाहीको रासन भत्ता हिनामिना गरेको अभियोग उनीमाथि थियो । लेखापालसँग मिलेमतोमा फर्जी कागज बनाएर उनले हिनामिना गरेको अभियोग थियो ।

  • प्रहरी संगठनमा बालुवाटार र सिंहदरबारका लामा हात

विवादित एसपीलाई संवेदनशील जिल्ला

नेपाल प्रहरीले बिहीबार ३४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गर्दा केही जिल्लाका प्रहरी प्रमुख पनि परिवर्तन भए । जिल्लाको प्रहरी नेतृत्व फेरिएकामध्ये झापा र बारामा विवादित छविका एसपीले जिम्मेवारी पाएका छन् । अपराधको दृष्टिकोणले संवेदनशीलमध्ये मानिने झापामा विश्वमणि पोखरेल पठाइएका छन् ।

सर्लाहीमा प्रहरी प्रमुख हुँदा पोखरेलले मातहतका प्रहरी कर्मचारीसँग ‘कुखुरा, चामल, केरा आदि मागेको’ अडियो प्रहरी महानिरीक्षकको सचिवालयसम्म पुगेपछि उनी जिम्मेवारीबाट हटाइएका थिए । बाराका प्रहरी प्रमुख बनाइएका दिलिपसिंह देउवा पनि राम्रो अफिसरमा गनिँदैनन् । राष्ट्रिय अनुसन्धान विभागबाट सेवा परिवर्तन गरेर नेपाल प्रहरीमा आएका उनी बालुवाटारको जोडबलमा महत्वपूर्ण पोस्टिङमा गएका हुन् ।

प्रहरीका एक एसपी भन्छन्, ‘दुई जना राजनीतिक दबाबमा आकर्षक पोस्टिङमा गएकोमा विवादै छैन तर विगतको ट्र्याक रेकर्ड हेर्दा उनीहरु नयाँ जिम्मेवारीमा पनि लामो समय टिक्दैनन् ।

  • संगठन नेताले होइन, प्रहरीले नै बिगारेका हुन्

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४