Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं र ललितपुरमा मंगलबारबाट मोडर्ना खोप लगाइँदै, भक्तपुरमा भने आजैबाट लगाइयो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २५ २०७८
  • 4K
    SHARES

काठमाडौं । सरकारले आगामी मंगलबारदेखि १२ देखि १७ बर्ष उमेर समूहका किशोर किशोरीलाई कोरोना विरुद्धको फाइजर र मोडर्ना खोप दिने भएको छ । काठमाडौं र ललितपुर जिल्लामा मंगलबारदेखि खोप सुरु गर्नका लागि सबै स्थानीय तहमा पत्र पठाइसकिएको काठमाडौं जनस्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेले जानकारी दिनुभएको हो । भक्तपुरमा भने आजै देखि मोडर्ना खोप लगाउन थालिएको समेत काफ्लेले बताउनुभएको छ ।

खोप लगाउन आवश्यक सबै साम्रागी प्राप्त गरिसकेको भन्दै उहाँले एक साताभित्र सबै विद्यालयमा गएर खोप लगाइसक्ने समेत बताउनुभयो । खोप लगाउन छुटेका बालवालिकालाई पनि माघको ५ गते पछि स्वास्थ्य कार्यालयहरुमा खोप लगाइने जनाइएको छ ।

सरकारले अहिले काठमाडौं उपत्यकाका तीन जिल्ला सहित चितवन, सिन्धुली र डडेलधुरामा १२ देखि १७ बर्ष उमेर समूहका किशोर किशोरीमा खोप लगाउने भएको हो । पहिलो मात्रा खोप लगाएकाहरुलाई २१ दिन पछि दोस्रो मात्रा खोप लगाईने जनाईएको छ । यस अघि ५७ जिल्लाका किशोर किशोरीलाई मोडर्ना खोप लगाइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४