Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल ज्योतिष परिषद्को २४ औं वार्षिकोत्सव सम्पन्न


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २५ २०७८
  • 13.3K
    SHARES

काठमाडौ । नेपाल ज्योतिष परिषद्को २४ औं वार्षिकोत्सव समारोह डिल्लीबजार केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नेपाल पंचाङ्ग निर्णायक समितिका पुर्व अध्यक्ष एवम् नेपाल संस्कृत विश्वविद्यालय पंचाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले ज्योतिष शास्त्र गहन शास्त्र भएको बताउँदै संसारलाई बाटो देखाउने शास्त्र ज्योतिष भएको बताउनुभयो , उहाँले ज्योतिष र धर्मशास्त्रको एक अर्काका परिपुरक भएको बताउनुभयो ।

हाम्रो संविधान वेद भएको र समाजलाई नैतिकवान् र संस्कारीत बनाउन धर्मको पालना गर्नुपर्ने बताउँदै नेपाल ज्योतिष परिषद्को २४ औं वार्षिक उत्सव सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

विशिष्ट अतिथि विश्व ज्योतिष महासंघका अध्यक्ष डा लोकराज पौडेलले नेपाल ज्योतिष परिषद्लाई आजका दिनसम्म ल्याउन भुमिका खेल्ने सम्पुर्णलाई स्मरण गर्दै यो संस्थालाई अझै अग्रणी बनाउन क्रीयाशिल रहन आग्रह गर्दै विश्व ज्योतिष महासंघ, दक्षिण एसियाली ज्योतिष महासंघ र नेपाल ज्योतिष परिषद् एकजुट भएर अघि बढेमा कसैले ज्योतिषीको हकहितको लागि हस्तक्षेप गर्न नसक्ने बताउनुभयो । नेपाल ज्योतिष परिषद्को भवन निर्माण कार्य छिटो सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय क्षेत्रमा पहिला नै वचनबद्ध्ता गरेकोले नेपाल ज्योतिष परिषद्को भवन नबनी विश्व ज्योतिष महासंघको भवन बनाउँदा नेपाल ज्योतिष परिषद्को राम्रो नहुने बताउनुभयो ।

कार्यक्रममा नेपाल पंचाङ्ग निर्णय विकास समितिका कार्यकारी निर्देशक सुर्यप्रसाद ढुंगेल, दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष डा सहदेव विष्ट, विश्व ज्योतिष महासंघका उपाध्यक्ष विष्णुदत्त लेखक, दक्षिण एसियाली ज्योतिष महासंघका उपाध्यक्ष डा देवीप्रसाद खनाल, नेपाल ज्योतिष परिषद्का महासचिव कमलप्रसाद काफ्ले, वाग्मती प्रदेशका अध्यक्ष राजीव आचार्य , लुम्बिनी प्रदेशका महासचिव ढुण्डिराज ज्ञवाली र विभिन्न जिल्ला अध्यक्षहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल ज्योतिष परिषद्को भवन शिलान्यास कार्यमा खट्नुभएका लेखनाथ न्यौपाने,लक्ष्मण पन्थी,खिलनाथ काफ्ले, वेदराज पन्त र यामप्रसाद पोडेललाई माला र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । कार्यक्रम नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डेको अध्यक्षता, उपाध्यक्ष लेखनाथ न्यौपानेको स्वागत एवम् वरिष्ठ सदस्य लक्ष्मण पन्थीको सन्चालनमा सम्पन्न भएको केन्द्रीय सदस्य शिवलाल पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४