Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

न्यायालयको समस्यामा कांग्रेसले कठोर निर्णय लिनुपर्छ : गगन थापा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २३ २०७८
  • 7.8K
    SHARES

 काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले न्यायालयमा देखिएको समस्या त्यहीँभित्र संवादबाट समाधान नगरे कांग्रेसले प्रधानन्यायाधीशले पद छोड्नुपर्ने निर्णय गर्ने बताएका छन् ।

आइतबार गोरखामा आयोजित पार्टी कार्यक्रममा उनले अदालत लामो समयदेखि राम्ररी चल्न नसकेको भन्दै समस्या समाधान नभए कांग्रेसले कठोर कदम चाल्नुपर्ने बताएका हुन् ।

‘कि त्यहाँभित्र संवादमा बसेर सामान्य अवस्था बनाउनुपर्छ, होइन भने नेपाली कांग्रेसले कठोर निर्मम निर्णय लिनुपर्छ’ उनले भने, ‘अदालत प्रमुखले सही ढंगले अदालत चलाउन सक्नुभएन भने उहाँले त्यहाँबाट हट्नुपर्छ र अदालत सही ढंगले चल्नुपर्छ, त्यो निर्णय गरेर नेपाली कांग्रेसले यसलाई सम्हाल्नुपर्ने अवस्था आउन सक्छ ।’

संसद, अदालत र संवैधानिक अंगलाई पंगु बनाइएको अवस्थामा कांग्रेसको हातमा सरकारको नेतृत्व आएको भन्दै उनले यी समस्या समाधान गरेर चुनावमा जानुपर्ने बताए ।

‘संसदलाई पंगु बनाइएको छ, अदालत पंगु बनाइएको छ, संवैधानिक अंगलाई पंगु बनाइएको छ । यस्तो बीचमा कांग्रेसले सरकार चलाएर चुनावमा जाँदा कांग्रेसले केही गर्न सकेन भन्ने प्रयत्न गर्न खोजिएको छ, कांग्रेसले यसलाई चिर्नुपर्छ’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४