जिन सिक्वेन्सिङ गरेपछि कोरोना संक्रमण गराउने भाइरसको किसिम पत्ता लाग्छ । पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिएको छ । वीरगञ्जमा पनि संक्रमितको संख्या बढ्दै गएपछि सो भाइरस ओमिक्रोन हो वा नेपालमा पहिलेदेखि नै रहेको भेरियन्ट हो भन्ने पत्ता लगाउन जिन सिक्वेन्सिङ गर्न लागिएको हो ।
‘एस जिन परीक्षण गर्ने किट पनि काठमाडौंमा मात्रै छ, एस जिन परीक्षणपछि नेगेटिभ आएका स्याम्पलको जिन सिक्वेन्सिङ हुन्छ’ उनले भने ‘थप अनुसन्धानका लागि स्याम्पल पठाएका हौं । रिपोर्ट आएपछि कुन भेरियन्टको संक्रमण हो भनेर थाहा हुन्छ ।’
वीरगञ्जसँग सीमा जोडिएको सीमावर्ती भारतीय राज्य बिहारमा संक्रमण तीव्र रुपमा फैलिरहेको छ । बिहीबारदेखि नै प्रि स्कुल र कक्षा १ देखि ८ सम्मको भौतिक उपस्थितिसहितको पढाइ बन्द गरी अनलाइनमार्फत पढाउन थालिएको छ । कक्षा ९ देखि १२ सम्म ५० प्रतिशत विद्यार्थी सहभागी गराई पढाइएको छ । त्यस्तै सिनेमा हल ५० प्रतिशत क्षमतामा सञ्चालन गर्न भनिएको छ भने बिहेमा पनि सहभागी हुनेहरुको संख्या तोकिएको छ ।
संक्रमित शून्य अवस्थामा पुगिसकेकोे वीरगञ्जमा पुस १६ गते २२ जनाको परीक्षण गर्दा ३ जना, पुस १९ गते २४ जनाको परीक्षण गर्दा ३ जना र २१ गते ३३ जनाको परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै वीरगञ्ज–रक्सौल नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा पनि संक्रमित भेटिने क्रम बढेको छ । वीरगञ्जमा पुस ८ गते यता २२ जनामा कोरोना संक्रमण देखिएको छ ।