Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महाधिवेशनपछि पनि कांग्रेसमा गुट बैठक, गगन-धनराजसमेत सहभागी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २१ २०७८
  • 1.7K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसमा सर्वाधिक मतका साथ महामन्त्री निर्वाचित भएका गगनकुमार थापा गुट वैठकमा सहभागी भएका छन् । आफ्नो जितपछि उनले पार्टीभित्र अब गुट नरहने र आफू सबैको साझा महामन्त्री भएको अभिव्यक्ति दिएका थिए ।

थापाले कांग्रेस महाधिवेशनमा शेखर कोइरालाको गुटबाट चुनाव लडेका थिए । झण्डै दुईतिहाइ मताक साथ उनले महामन्त्रीमा जित हासिल गरेका हुन् । जितेलगत्तै उनले अब पार्टीमा गुट नरहने र आफ्नो समूहले भागबण्डा पनि नखोज्ने बताएका थिए । तर, पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यहरुमा मनोनयन गरेपछि आफ्नो समूहलाई बाइपास गरिएको भन्दै कोइराला समूह असन्तुष्ट छ । यही विषयमा छलफल गर्न कोइरालाले आफ्नो गुटको वैठक डाकेका हुन् ।

राजधानीको एउटा होटलमा राखिएको वैठकमा कोइराला पक्षबाट महाधिवेशनमा जितेका र हारेका नेताहरु उपस्थित भएका छन् । कोइराला पक्षबाट उपसभापतिमा विजयी धनराज गुरुङ पनि बैठकमा सहभागी भएका छन् ।यसैगरि पराजित उपाध्यक्ष र महामन्त्रीमा पराजित उम्मेदवारहरु डा. चन्द्र भण्डारी र डा. मिनेन्द्र रिजाल पनि वैठकमा छन् । रिजालले पार्टीमा पराजियपछि रक्षामन्त्रीबाट राजीनामा दिएका थिए ।सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनयन गर्ने क्रममा शेखर कोइराला पक्षधर नेताहरुलाई स्पेस दिएका छैनन् । आफ्नो समूहबाट पदाधिकारीमा पराजित नेताहरुलाई समेट्दा उनले शेखर समूहलाई पन्छाएका हुन् ।कोइरालाले आजको वैठकमा सभापतिको लाइक र डिस्लाइकका आधारमा व्यक्ति छनोट गरिएमा दुर्घटना हुने चेतावनी दिएका छन् । हिजोपनि काेइराला समूहकाे गुटको बैठक बसेकाे थियाे

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनपछि कुन मापदण्डका आधारमा केन्द्रीय सदस्य मनोनित गरिएको हो भनी सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।

बुधबार एक अपिल जारी गर्दै उनले केन्द्रीय सदस्यहरु कुन मापदण्डका आधारमा मनोनित गरिएको हो भन्ने जान्न चाहेको बताएका छन् । ‘नियुक्ति पाउनुभएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ । तर के मापदण्ड अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो हामी जान्न चाहन्छौं’ उनले भनेका छन्, ‘पार्टीमा न्यायोचित अवसरको वितरढा र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ ।’

सभापति देउवाले दुईपटक गरी हालसम्म १३ जना केन्द्रीय सदस्य मनोनित गरेका छन् । जसमा आफू निकटका व्यक्तिलाई मात्र मनोनित गरेको र इतर पक्षलाई बेवास्ता गरेको कोइराला पक्षको गुनासो छ ।

नेता कोइरालाले सभापतिलाई मन पर्ने र नपर्नेका रुपमा व्यक्तिको छनोट हुन थालेमा पार्टी दुर्घटनामा पर्ने बताएका छन् । ‘सभापतिको लाइक र डिसलाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ । विधि र विधानबाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एक ढिक्का भएर प्रयत्न किन नगर्ने ?’ उनले प्रश्न गरेका छन् ।

नेता कोइरालाले पार्टीको निर्णय गर्ने ठाउँमा आफूहरु प्रभावकारी हुन नसके पनि पार्टीभित्र हुने सबै काम न्यायसंगत, विधि र विधानसंगत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय हुनुपर्ने बताए ।

उनले पार्टी नेतृत्वको गतिविधिले र निर्णयले कांग्रेसको संगठनमा निराशा पैदा भए अगाडिका निर्वाचन असहज हुने पनि बताएका छन् । ‘हाम्रो निर्णय प्रक्रियाले पार्टीमा ऊर्जाको सञ्चार गर्न नसके कांग्रेस शिगिल हुन सक्छ’ डा. कोइरालाले भनेका छन् ।

हेर्नुहोस कोइरालाको अपिल

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४