Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दिदी–बहिनीलाई भारतमा लगेर बेचेको आरोपमा युवती पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २१ २०७८
  • 2.6K
    SHARES

काठमाडौं । दुईजना दिदी बहिनीलाई भारतमा लगेर बेचेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ घर भई काठमाडौंको कपनमा बस्ने बस्ने फुलमाया तामाङ उर्फ अनिशा छिन् ।  

पुस ९ मा उनलाई बुढानिलकण्ठ नगरपालिकास्थित कपनबाट पक्राउ गरिएको मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) राजेन्द्रप्रसाद धमलाले  जन न्युज नेपाल खबरलाई बताए ।

२०७४ साउनमा काठमाडौंबाट दुई दिदी बहिनीलाई उनले नयाँ बसपार्कबाट गाडी चढाएर भारतमा लगेर बेचेको आरोप छ । ‘पोखराको होटलमा जागिर मिलाइदिन्छु’ भनेर ११ र १३ वर्षीया दिदी बहिनीलाई काठमाडौंको आकाशेधारास्थित होटलमा चाउमिनमा बेहोस हुने औषधी खुवाएर उनले भारत लगेकी थिइन् ।

भारतको बम्बई, इलाहबाद, कलकत्ता र कुचबिहारका कोठीमा काम गरेपछि बहिनी भागेर दार्जिलिङको बाटो हुँदै नेपाल आउन लाग्दा भारतीय प्रहरीले फेला पारेका थिए । पीडितलाई २०७८ असोजमा दार्जिलिङमा भारतीय प्रहरीले भेटेर राजदूतावासमा खबर गरे । नयाँ दिल्लीस्थित नेपाली दूतावास र नेपालस्थित विश्व सेवा विस्तार संस्थाको सहयोगमा उनी नेपाल आइपुगेकी हुन् ।

बहिनी नेपाल आइपुगे पनि दिदी भारतमै छिन् । आरोपीलाई मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन–२०६४ अनुसार अनुसन्धान भइरहेको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४