Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुदूरपश्चिममा सत्ता गठबन्धन चुनाव जित्नेमा ढुक्क, एमाले अस्तित्वको लडाइँमा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २० २०७८
  • 3.8K
    SHARES

धनगढी । अगामी माघ १२ गते राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रतिस्पर्धा गर्ने भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय धनगढीकाअनुसार सुदूरपश्चिम प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्यका तीन सिटका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले संयुक्त गठबन्धन बनाएर उम्मेदवारी दिदा नेकपा एमाले एक्लै चुनावी मैदानमा होमिएको छ । गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यको खुलामा नेपाली काँग्रेस नारायणदत्त मिश्र, महिलामा एकीकृत समाजवादी पार्टीकी मदनकुमारी शाह ‘गरिमा’ र दलिततर्फ नेकपा माओवादी केन्द्रका जगत पार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेकोतर्फबाट खुलामा डिल्लीराज भट्ट, महिलामा सन्तोशकुमारी शर्मा थापा र दलितमा नरेश बिश्व कर्माले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

स्थानीय तहका प्रमुख-उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्ष र प्रदेशसभा सदस्य मतदाता रहेको राष्ट्रियसभा सदस्यको यो निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा सत्तागठबन्धनका उम्मेदवार जित्नेमा ढुक्क देखिएका छन् भने एमालेका उम्मेदवार अस्तित्व जोगाउन केन्द्रित भएका छन् ।

उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिदै गठबन्धनका उम्मेदवार गरिमा शाहले विजयी भएको घोषणा गर्न मात्र बाँकी भएकाले निर्वाचन प्रक्रिया एउटा भएको बताइन् । ‘लोकतन्त्रलाई संस्थागत गर्न बनाइएको गठबन्धनको विजयी घोषणा गर्न मात्र बाँकी छ । हामी सफल छौँ र हुन्छौँ,’ शाहले भनिन् ।

गठबन्धनको प्रदेशसभा र स्थानीय तहमा बलियो उपस्थिति नै जितको मुख्य आधार भएको बताउँदै शाहले अंकगणित सबैलाई थाहा भएको उल्लेख गरिन् । अर्का उम्मेदवार नारायण मिश्रले पनि प्रतिगमनविरुद्धको गठबन्धन राष्ट्रियसभा सदस्यका तीन वटै सिटमा विजयी हुने बताएका छन् ।

गठबन्धनले उत्साहित हुँदै चुनाव जित्नेमा ढुक्क देखिदा एक्लै प्रतिस्पर्धामा होमिएको नेकपा एमालेका उम्मेदवार भने केही निराश देखिएका थिए ।

पार्टीको समृद्ध नेपालको नारालाई साकार पार्न उम्मेदवारी दिइएको बताएका खुलातर्फका उम्मेदवार डिल्लीराज भट्टले जित्नुहुन्छ ? भन्दै सञ्चारकर्मीले राखेको जिज्ञाशामा किन जित्दैन् ? भनेर प्रतिप्रश्न गरे । उनी त्यतिकै खित्का छोडेर हाँसे तर आधार भने प्रस्तुत गरेनन् । एमालेका अन्य दुई जना उम्मेदवार पनि रक्षात्मक देखिए ।

उनीहरुले लामो समयसम्म गरेको कामका आधारमा पार्टीले मूल्याङ्कन गरेर राष्ट्रियसभाको उम्मेदवार बनाएकाले ‘सुखी नेपाली र समृद्ध नेपाल’को नारालाई साकार पार्न उम्मेदवारी दिएको बताएका छन् ।

  • यस्तो छ अंकगणित

सुदूरपश्चिम प्रदेशमा स्थानीय तहका एक सय ७५ र प्रदेशसभाका ५२ जना गरेर दुई सय २७ मतदाता छन् । एमालेबाट निर्वाचित कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भइसकेको छ भने माओवादी केन्द्रले कारवाही गरेपछि एक जना प्रदेशसभा सदस्यको पद रिक्त छ ।

स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । सत्तागठबन्धनमा आवद्ध नेपाली काँग्रेससँग स्थानीय तहमा सबैभन्दा बढि ७४ मतदाता छन् भने नेकपा एमालेसँग ७१ मतदाता छन् । गठबन्धनमै आवद्ध नेकपा माओवादी केन्द्रसँग १७ र एकीकृत समाजवादीसँग १३ मतदाता छन् ।

यो संख्यालाई आधार मान्दा स्थानीय तहमा कांग्रेसको मतभार १३३२, नेकपा एमालेको मतभार १२७८, नेकपा माओवादी केन्द्रको मतभार ३०६ र एकीकृत समाजवादी पार्टीको मतभार २३४ हुन आउँछ । तर स्थानीय तहमा विगतमा एकीकृत समाजवादीमा सनाखत नगरेका केही प्रमुख-उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्ष हाल उक्त पार्टीतिर लागेकाले चुनावमा भने एमालेको मतभार अहिलेकै आधारमा प्राप्त नहुने अनुमान गरिएको छ ।

प्रदेशसभातर्फ कुल ५२ जना प्रदेशसभा सदस्य छन् । जसमा एकीकृत समाजवादी पार्टीका सबैभन्दा बढि १४ जना, नेकपा माओवादी केन्द्रका १३ जना, नेपाली काँग्रेसका १२ जना, नेकपा एमाले सभामुखसहित ११ जना, जसपा र लोसपाका १⁄१ जना छन् ।

यसका आधारमा एकीकृत समाजवादीको मतभार ६७२, माओवादी केन्द्रको मतभार ६२४, नेपाली काँग्रेसको मतभार ५७६, नेकपा एमालेको मतभा ५२८, तथा जसपा र लोसपाको मतभार ४८-४८ हुने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४