गठबन्धनबाट अन्य समूहमा कांग्रेसका कृष्णप्रसाद पौडेल, महिलामा एकीकृत समाजवादीबाट गोमाकुमारी तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन् । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा रहेका छन् । त्यस्तै, निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा नेकपा एमालेबाट गोपाल शाक्य र महिलातर्फ निरकुमारी कुँवरले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनमा सत्ता गठबन्धन र एमाले बिच प्रतिष्पर्धा हुने छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि नेमकिपाबाट अन्य तर्फ कृष्णबहादुर तामाङ र महिलातर्फ गीता काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति प्रतिनिधि बनेर उनीहरुको उम्मेदवारी दर्ता गराएको राष्ट्रियसभा निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले बताए । आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसदको पद रिक्त हुँदैछन् । रिक्त हुन लागेको २० सिटमध्ये राष्ट्रपतिबाट मनोनित हुने एक स्थानबाहेक १९ सिटका लागि निर्वाचन हुन लागेको आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार आज मनोनयन दर्ता गराएका उम्मेदवारहरुको भोली २१ गते दाबी विरोधको उजुरी दिने कार्यक्रम रहेको छ ।
पुस २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम हुनेछ । २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने सोही दिन उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने छ भने माघ १२ गते विहान ९ बजे देखि ३ बजेसम्म मतदान कार्यक्रम सञ्चालन हुने निर्वाचन कार्यालयले जनाएको छ । मतदानका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर-८ मा रहेको हेटौंडा औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहलाई मतदान स्थल तोकिएको छ ।
निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र प्रदेशसभा सदस्यसहित प्रदेशबाट ३४६ मतदाता रहेका छन् । जसमा १०९ जना प्रदेशसभा सदस्य २३७ जना स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष रहेका छन् ।
- कस्तो छ मतको तथ्याङक ?
राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन सहित अन्य दुई वटा दल सहभागि बन्दै छन् । १२ गत हुने मतदानमा बागमती प्रदेशमा सरकार गठबन्धन, एमाले र नेमकिपा सहभागि हुँदै गर्दा प्रदेशको अवस्था भने यस्तो छ । थ्याङक अनुसार बागमती प्रदेशमा एमालेको तर्फबाट प्रदेश सभा सदस्य ४३ र स्थानिय तहबाट १ सय १६ पालिका बाट ४ हजार १ सयय ५२ मतभार देखिएको छ ।
सरकार गठबन्धाका रहेको नेपाली काग्रेसको तर्फबाट प्रदेश सभा सदस्य २२ र स्थायि तहमा ६७ पालिका, नेकपा माओवादी केन्द्रबाट प्रदश सभा सदस्य २३ र स्तानिय तहमा ३३ र नेकपा एसबाट प्रदेश सभा सदस्य १३ र स्थानिय तहमा १७ गरी ४ हजार ८ सय ९० मतभार रहेको छ । निर्वाचनका राप्रपा बिबेकशिल साझा, नेमकिपा र स्वतन्त्र गरी ४ सय ५६ मतभार रहेको निर्वाचन कार्याललले जनाएको छ ।
