Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश-२ मा अन्तिममा फेरियो एमाले उम्मेदवार


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २० २०७८
  • 3.7K
    SHARES

जनकपुरधाम । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रमुख विपक्षी दल नेकपा एमालेले प्रदेश २ को उम्मेदवार अन्तिम समयमा परिवर्तन गरेको छ ।

प्रदेश २ बाट रिक्त अन्य सदस्यमा धनुषाका असर्फी भिनबार यादवलाई उम्मेदवार छनोट गरे पनि एमालेले अन्तिममा पर्साका उस्मान अन्सारीको मनोनयन दर्ता गराएको हो । एमालेले महिलातर्फ रौतहटकी बिना साहको मनोनयन दर्ता गराएको छ ।

माघ १२ गते हुने निर्वाचनका लागि प्रदेश २ को दुई पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनबाट अन्य समूहमा जसपाका मो. खालिद सिद्दिकी र महिलातर्फ माओवादीकी उर्मिला अर्यालले उम्मेदवादी दिएका छन् । सिद्दिकी सिरहा र अर्याल पर्साकी हुन् ।

  • लोसपाका एक उम्मेदवार व्याक

लोकतान्त्रिक समाजवादी पार्टीले अन्य समूहबाट उम्मेदवार चयन गरे पनि अन्तिममा मनोनयन दर्ता गराएन । लोसपाबाट श्यामसुन्दर सरदारले उम्मेदवारी दिने चर्चा थियो । तर उनी सरकारी लाभको पदमा रहेको पुष्टि भएपछि उम्मेदवारी दर्ता गराएनन् ।

सप्तरीको कंचनरुप निवासी उनी प्रदेश २ सरकारले ६ फागुन २०७८ मा गठन गरेको दलित विकास समितिका सदस्य हुन् । राष्ट्रिय सभा निर्वाचन निर्देशिकाले आर्थिक लाभको पदमा रहेका व्यक्तिले उम्मेदवारी दिन नपाउने व्यवस्था गरेको छ । यस्तो अवस्थामा उम्मेदवारी दिए खारेज हुने जानकारी पाएपछि सरदारले उम्मेदवारी नै नदिएको स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४