Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म सधैँ कप्तान बन्न आएकाे हाेइन : ज्ञानेन्द्र मल्ल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २० २०७८
  • 2.8K
    SHARES

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लले आफू सधैँभर कप्तान बन्नुपर्छ भन्ने मान्यतामा नरहेको बताएका छन् । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चलिरहेकाे बन्द प्रशिक्षणमा सहभागी भएका उनले सञ्चार माध्यमसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफू कप्तान हुँदा वा नहुँदा पनि राष्ट्रका लागि खेल्ने बताए ।

‘म सधैँभरि कप्तान बन्नुपर्छ भनेर आएकाे हाेइन र हुनुपर्छ भन्ने पनि हाेइन । म पहिला पनि खेलिरहेकाे थिएँ र अहिले पनि खेल्छु । देशका लागि खेल्छु, मेराे लागि खेल्छु, परिवारकाे लागि खेल्छु । त्याे नै मुख्य उद्देश्य हो’ ज्ञानेन्द्रले भने । नेपाल क्रिकेट संघ (क्यान) संग विवादित विषयमा सहमति भएपछि पूर्वकप्तान ज्ञानेन्द्रसहित ९ खेलाडी मंगलबार बन्द प्रशिक्षणमा उपस्थित भएका हुन् ।

ज्ञानेन्द्रले क्यानसँग आफूहरुको विवाद नभएको तर केही विषयमा असन्तुष्टि रहेको बताए । ‘विवाद भन्दा पनि एउटा असन्तुष्टि हो, विवादजस्तो बनाइयो । खेलाडीहरुको एक-दुईवटा कुरामा असन्तुष्टि थियो’ मल्लले भने, ‘अब धेरै पनि समय छैन । हाम्रो मुख्य लक्ष्य भनेको विश्वकप खेल्ने हो । मल्लले आफूलाई कप्तानबाट हटाउँदा दु:ख लागेको तर यसलाई विवादको विषय नबनाउने बताए । ‘पहिला त कप्तानबाट हट्दा दु:ख लाग्यो । यत्रो वर्ष क्रिकेटलाई दियौं र विना कारण विभिन्न कुरा निकालेर जसरी (क्यानले कारबाही) गर्नुभयो त्यसले व्यक्तिगत रुपमा गाह्रो भएको थियो । मैले बोर्डको विपक्षमा जाने, बोर्डलाई निचो गराउने कहिले पनि गरेको छैन । त्यो गर्ने भए हामी अरु पनि बाटो अपनाउँथ्याैं होला । खेल्दैनथ्यौं होला’ मल्लले भने ।

आफूहरुले धेरै वर्षसम्म कुनै सेवा सुविधाविना खेलेको भन्दै मल्लले अहिले आफ्नो आत्मसम्मानमा चोट पुगेको बताए । ‘यो कुरा सम्बोधन हुनुपर्‍यो भन्दा अरु अरु आरोप लगाउँदा दु:ख लाग्यो । यो आत्मसम्मानको कुराले मलाई अफ्ट्यारो परेको थियो । तर जीवनमा जसरी पनि अगाडि बढ्नुपर्छ’ मल्लले भने ।

निवर्तमान कप्तान मल्लले आफूहरु प्रशिक्षणमा आइसकेकाले विवादका विषयलाई बाहिर राखेर मिलेर खेल्ने बताए । ‘अब सबै कुराहरु बाहिर राखेर नेपाली क्रिकेटको लागि र भविष्यका लागि हामी सबै एक ठाउँ बसेर अघि बढ्नुपर्छ । महत्वपूर्ण प्रतियोगिता आएको छ । त्यसका लागि भए पनि एकजुट हुनुपर्छ’ उनले भने ।

क्यानले सन् २०२२ को पहिलो ६ महिनाका लागि गरेको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाएका तत्कालिन तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी खेलाडीहरु साेमपाल कामी र कमल सिंह ऐरीलाई क्यानले सेन्ट्र्ल कन्ट्र्याक्टबाट हटाएको थियो ।

त्यस्तै मल्ल र ऐरीको कप्तान र उपकप्तान पद पनि खोसेर सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी दिएको थियो ।

यही विषयलाई लिएर खेलाडीहरुले आफूहरु ब्याट र बल छाड्नुपर्ने स्थिति आउने बताएका थिए । तर क्यानसँगको सहमतिपछि उनीहरु प्रशिक्षणमा फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४