Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओमिक्रोनको जोखिमबाट बचाउन बालबालिकालाई खोप लगाउनैपर्छ : डा. शेरबहादुर पुन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २० २०७८
  • 6K
    SHARES

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक कदम चाल्न मातहतका निकाय र स्थानीय तहहरुलाई निर्देशन दिइसकेको छ ।

जनस्वास्थ्यविद्हरुले पनि माघको दोस्रो सातादेखि कोरोनाको तेस्रो लहर आउन सक्ने आँकलन गरिरहेका छन् । यदि तेस्रो लहर आएमा यसको पहिलो प्रभाव बालबालिकाहरुमा पर्ने अनुमान गरिएको छ । यसै सन्दर्भमा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग गरिएको कुराकानी :

  • डेल्टा भेरियन्ट भन्दा बढी संक्रामक हो ओमिक्रोन ?

ओमिक्रोन आफैंमा डेल्टा भन्दा तगडा त हैन । तर पहिलोमा भन्दा दोस्रो लहरमा बढी बालबालिका प्रभावित भए । ‘मल्टिसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम’ का कारण अस्पताल भर्ना हुने बालबालिका बढी भए ।

खोप लगाएकालाई समस्या कम भएको देखिएको छ । जसले खोप लगाएको छैन उसलाई जोखिम छ भन्ने देखिएको छ ।

  • ओमिक्रोनको जोखिम बालबालिकामा कति छ ?

अहिले हामीले भन्न सक्ने भनेको अन्य देशको अवस्थालाई हेरेर हो । त्यस्ता अध्ययन रिपोर्टहरु नै त आइसकेका छैनन्, तर पनि समाचारहरुमा जनाइएअनुसार अघिल्लो भेरियन्टले भन्दा ओमिक्रोनले धेरै बालबालिका अस्पताल भर्ना भएका छन् ।

दक्षिण अफ्रिकी देशहरुमा अघिल्लो भेरियन्टले भन्दा ओमिक्रोन संक्रमणका कारण बालबालिका अस्पताल भर्ना भएका समाचार आइरहेका छन् । यसैगरी अमेरिकाको न्युयोर्कमा पनि पहिलेको भेरियन्टहरुको तुलनामा ओमिक्रोनबाट संक्रमित बालबालिकाहरु अस्पताल भर्ना भइरहेको देखिएको छ । त्यसैले यो अलि जोखिमपूर्ण छ भनेर भन्न सकिन्छ ।

  • ओमिक्रोन भेरियन्टबाट बालबालिका नै बढी प्रभावित हुने कारण के हो ?

पहिलेदेखि नै तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुन्छन् भन्ने अनुमान गरिँदै आएको थियो । त्यसको आधार भनेको नै बालबालिकाका लागि खोप तयार नहुनु हो । दक्षिण अफ्रिकी देशहरु र अमेरिकाको न्युयोर्कमा बालबालिका अस्पताल भएको समाचारले यसलाई धेरै हदसम्म पुष्टि गर्छ ।

यसैलाई आधार मानेर नेपालमा पनि जोखिम छ भन्ने मैले आँकलन गरेको थिएँ ।

  • अब हामीले अपनाउनुपर्ने सावधानी कस्तो हुनुपर्छ ?

पहिलो सावधानी भनेको खोप लगाउनु नै हो । अहिले आइरहेका समाचारहरुको आधारमा पनि यसबेला हामीले बालबालिकालाई दिइरहेको खोपलाई तीव्रता दिनुपर्छ । कुनै पनि कारणले खोप दिन रोक्नुहुन्न । यो खोप लगाउने एकदम उपयुक्त अर्थात् ‘गोल्डेन टाइम’ हो भन्छु म ।

किनभने अहिले ओमिक्रोन व्यापक नभइसकेको र विद्यालयहरु खोलिएको अवस्था छ । बालबालिकाहरु विद्यालय गइरहेका छन् । यो बेला खोप लगाउन पायौं भने ओमिक्रोनबाट आउने थप समस्या धेरै कम हुने देखिएको छ । फैलिन भन्दा अघि खोप लगाउन पाएको अवस्थामा धेरै राम्रो हुन्छ ।

बालबालिकालाई खोप लगाई नसकी ओमिक्रोनले आफ्नो उपस्थिति जनाउन थाल्यो भने जटिल समस्या आउनसक्छ ।

अर्को कुरा विद्यालयमा बालबालिका जमघट हुन्छन् । जमघटमा हामीले भन्दै आएको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउने, विद्यालयका शिक्षक, कर्मचारी सबै सचेत हुन जरुरी छ । यसैगरी विद्यार्थीको अतिरिक्त क्रियाकलापहरुलाई व्यवस्थापन गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४