Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महामारीले रोकेन श्रमिक, दैनिक २५ सय नेपाली विदेशिंदै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २० २०७८
  • 7.9K
    SHARES

  • ‘रोगव्याधि जहाँ गए पनि छ,  यहाँ रोजगार छैन, विदेशमा कमसेकम काम त छ’

काठमाडौं । सर्लाहीका रामरोसन यादव सोमबार राती साउदीका रोजगारीका लागि जाँदैछन् । यसअघि पनि कतार गएर फर्किएका उनलाई यसपटक विदेश जान लाग्दा मन गह्रुङ्गो भएको छैन । ‘कुर्दा-कुर्दा बल्ल भिसा आयो,’ बागबजारमा पसापोर्टको फोटो कपी गराउँदै गर्दा भेटिएका यादवले जन न्युज नेपाल खबरसँग भने,’महामारीले त तीन वर्ष खत्तम नै गरिरिदियो । हातमा पैसा भएन, र पनि गाउँमै बस्नुपर्‍यो ।’

महामारीको नयाँ लहर शुरू भएको हल्ला सुनेका छन् । तर, अब ‘महामारी छ’ भनेर गाउँमा दुई वटा भैँसी पालेर बस्न नसकिने उनले बताए । ‘रोगव्याधि जहाँ गए पनि छ,  यहाँ रोजगार छैन, विदेशमा कमसेकम काम त छ,’ उनी भन्छन्,’यहाँ दूध बेचेको पैसाले त दाना किन्न पनि मुस्किलले मात्रै पुग्छ ।’ यादवकै साथि श्रवण कलवारलाई पनि विदेश उड्ने दिनको ब्यग्र प्रतिक्षा थियो । गाउँमा ट्रयाकटरमा सहचालकको रुपमा काम गर्ने उनलाई अब विदेश गएपछि पैसाको दुःखले छोड्ने आश छ । ‘दिनभर काम गर्‍यो, साँझमा घरमा सामान लैजाँदा गोजी रित्तै हुने,’ उनी भन्छन्,’अब भनेजस्तै भयो भने साउदीमा थोर-बहुत पैसा बच्ला ।’

महामारी कारण फेरि उडान बन्द हुने हल्ला चलेकाले त्यसअघि नै विदेश पुग्न चाहेको उनले बताए ।

  • दैनिक २५ सय विदेशिंदै

पछिल्ला दिनमा यस्तै आस बोकेर यादव र कलवारजस्तै औसत करिब २५ सय जना नेपाली रोजगारीका लागि विभिन्न श्रम गन्तब्य मुलुकमा पुगिरहेका छन् । गत मंसिर महिनामा मात्रै ७४ हजार ३५४ जना नेपाली श्रमिक वैदेशिक रोजगारीका लागि विदेश पुगेका छन् । यो संख्या कात्तिक महिनाको भन्दा करिब साढे १९ हजारले बढी हो ।

वैदेशिक रोजगार विभागका अनुसार  कोरोना महामारीका कारण दुई वर्षयता वैदेशिक रोजगारीमा आएको संकट हट्दै गएपछि विदेशिने नेपालीको संख्या बढ्दै गएको हो । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता लगातार उकालो लागिरहेको छ । मुख्य रुपमा खाडी मुलुक कतार, साउदी अरेबिया र यूएईमा जाने नेपालीको संख्या धेरै छ । कुवेत, ओमान लगायतका देशमा पनि नेपालीहरु गइरहेका छन् ।

विभागका अनुसार २०७८ वैशाखमा २४ हजार ३६३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए । त्यसमा १२ हजार ५३७ जना नयाँ श्रम स्वीकृति -संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिएकाहरु थिए ।

तर, जेठमा विदेशिने नेपालीको संख्या घटेर ४ हजार ८६ मा सीमित भएको थियो । जेठमा ७८७ ले मात्रै नयाँ श्रम स्वीकृति लिएका थिए । असारमा २० हजार ६५८ जना नेपालीले विदेश जान श्रम स्वीकृति लिए । जसमा १० हजार ७ सय जना नयाँ र अरु यसअघि विदेश गएर फर्केकाहरू थिए ।

गत साउनदेखि मंसिरसम्म २ लाख ३० हजार जना नेपाली वैधानिक रुपमा वैदेशिक रोजगारीका लागि गएका छन् । साउनदेखि मंसिर महिनासम्म्म वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ३० हजार ४११ पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या ९९ हजार ५८० पुगेको छ ।

विभागका अनुसार साउनमा २५ हजार ४२८ जना नेपाली कामका लागि विदेश गएका थिए । त्यसमध्ये मेनपावर कम्पनी र व्यक्तिगत पहलमा आएको नयाँ भिसामा जानेको संख्या १३ हजार ८ सय थियो । भदौमा २४ हजार ६९२ जनाले नयाँ श्रम स्वीकृति लिए भने श्रम स्वीकृति नवीकरण गर्नेसहित ३६ हजार ४० जना कामका लागि विदेशिएको विभागको तथ्यांकमा देखिन्छ । असोजमा ३९ हजार ६७१ जना नेपाली विदेश उड्दा २७ हजार ८२४ जना नयाँ श्रम स्वीकृति लिनेहरु थिए ।

कात्तिक महिनामा ५४ हजार ९१८ जाने विदेश जान श्रम स्वीकृति पाएका थिए । त्यसमध्ये ३० हजार १८ जनाले विदेशमा नयाँ कामको अवसर पाएका हुन् भने अन्य श्रम स्वीकृति नवीकरण गरेर पुरानै कार्यस्थलमा फर्किएकहरु थिए । कात्तिकमा मात्रै दैनिक औसत १ हजार ८३० जना श्रमिक विदेशिने गरेकोमा मंसिर महिनामा २ हजार ४७८ जना पुगेको विभागको तथ्यांकले देखाउँछ । मंसिरमा ३४ हजार ४ सय ९७ जना नयाँ भिसा लगाएर गएका हुन् भने ३९ हजार ८५७ जना पुरानो श्रम स्वीकृति नवीकारण गरेर उडेका छन् । पुस लागेयता  विदेशिने नेपालीको संख्या थप बढेको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् ।

  • विदेशमा फेरि अवसर

मलेसियामा पनि रोजगारीको ढोका खुले यो संख्या छोटो सयममै अझ उच्च हुने वैदेशिक रोजगार विभागका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार महामारीपछि वैदेशिक रोजगारीमा जान नपाइने खालको अन्त्य भएपछि विदेसिने श्रमिकको संख्या बढिरहेको छ । व्यवस्ायी पनि वैदेशिक रोजगारीले पुरानो लयमा गइसकेको बताउँछन् । श्रम गन्तब्य मुलुकहरुमा महामारीका कारण बन्द रहेका उद्योग, कलकारखाना र परियोजनाहरु फेरि सञ्चालन हुन थालेका छन् । त्यसले गर्दा श्रमिकका लागि अवसरहरु बढेको छ ।

अहिले श्रम गन्तब्य देशको नियमअनुसार स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्ने भएकाले विदेशिने नेपालीलाई विगतको भन्दा सकसको अवस्था भने छ । तोकिएको पीसीआर, खोप, क्वारेन्टिन जस्ता व्यवस्था पालना गर्नुपर्ने भएकाले विगतको जस्तो सहज अवस्था छैन ।  तर, पनि रोजगारीका लागि विदेश जान काठमाडौंका मेनपावर कम्पनी धाउने श्रमिकको संख्या बढेको बढ्यै छ ।

वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङ महामारीका कारण आउन छाडेको श्रमिकको माग एक्कासी आउँदा वैदेशिक रोजगार क्षेत्रमै तरङ्ग आएको बताउँछन् । विदेशमा खोप अभियानपछि व्यवसायिक तथा औद्योगिक क्षेत्र चलायमान भएकाले श्रमिकको माग बढेको उनको भनाइ छ ।

अबको केही महिना श्रमिकको माग बढ्दै जाने गुरुङको आकलन छ । यसले नेपालका बेरोजगार युवा र महामारीले ठप्प रहेको वैदेशिक रोजगार व्यवसायलाई दुबैलाई लाभ मिल्ने गुरुङ बताउँछन् ।

‘महामारीका कारण डर त्रासले नै श्रमिकहरु फर्किएका थिए, कतिपय उद्योग व्यवसाय बन्द भएका थिए, ती सबै क्षेत्र अहिले सञ्चालनमा आएका छन्,’ उनले भने, ‘आर्थिक गतिविधि बढेपछि विदेशमा श्रमिकको अभाव भएको छ, यसले यहाँ माग बढ्दा जाने श्रमिकको संख्या पनि बढेको हो ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४