Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारी इन्जिनियरलाई मन्त्रीको निर्देशन : काठमाडौं बस्न पाइँदैन, साइटमा जानुस्


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १९ २०७८
  • 2.9K
    SHARES

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले इन्जिनियरको काठमाडौं मोहका कारण विकास निर्माणको काम प्रभावित भएको बताएकी छन् ।

विकास निर्माण भइरहेको क्षेत्रमा स्थलगत रुपमा खटिनुपर्ने इन्जिनियरहरु पढाइको बहनामा काठमाडौं आउने र यतै बस्न रुचाउने प्रवृत्ति बढेको भन्दै उनले यसमा कडाइ गर्न आफूले निर्देशन दिएको बताइन् ।

सोमबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै उनले भनिन्, ‘मैले आजै कडा निर्देशन दिएको छु, एक दुई जना, जो पढाइका लागि हुनुहुन्छ, उहाँबाहेक सबै जना साइटमा जानुस्, काठमाडौं बस्न पाइदैन ।’

अहिले ८० भन्दा बढी इन्जिनियर अध्ययनको बहानामा काठमाडौंमा बसेको तथ्यांक रहेको भन्दै यसले कतिपय विकास निर्माणको काम नै रोकिएको मन्त्री यादवले बताइन् ।

नेपालमा इन्जिनियर बेरोजगार भइरहने तर सरकारले भने इन्जिनियर नै नपाउने समस्या पनि रहेको उनले बताइन् । ‘हामीलाई म्यानपावरको समस्या छ, इन्जिनियर कतार/ दुबईमा गइरहेका छन्’ मन्त्री यादवले भनिन् ।

आवश्यकता र उपलब्ध जनशक्तिबीच तालमेल नमिल्दा काम गर्न निकै समस्या भइरहेको मन्त्री यादवको भनाइ छ । ‘१० जना इन्जिनियर चाहिने परियोजनामा एक जना पनि नपुग्ने अवस्था छ,’ उनले भनिन्, ‘एउटै इन्जिनियरलाई फरक फरक आयोजनामा खटाएर काम चलाउनुपरेको छ ।’

गुल्मी, कटारी मिर्चैयालगायत स्थानमा कार्यालय खडा गर्न इन्जिनियरको अभाव भएको उनले बताइन् । लोकसेवा आयोगबाट पदपूर्तिको प्रक्रिया अगाडि बढेपनि प्रक्रियामा हुने ढिलाइले काममा असर गरेको मन्त्री यादवले जानकारी गराइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४