Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मनाङ शीर्ष स्थानमा फर्कियो, एएफसी कप छनोट खेल्ने सम्भावना कायमै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १७ २०७८
  • 3.3K
    SHARES

पोखरा रंगशालामा भएको खेलमा शनिबार मनाङ मर्स्याङ्दीले ब्रिगेड ब्वाइज क्लबलाई १-० ले पराजित गरेको छ ।


काठमाडौं । कप्तान अञ्जन विष्टको निर्णायक गोलमा मनाङ मर्स्याङ्दीले शहीद स्मारक ए डिभिजन लिगमा शनिबार ब्रिगेड ब्वाइज क्लबलाई १-० ले पराजित गरेको छ । अघिल्लो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबसंग पराजित भएको मनाङले शनिबार घरेलु मैदान पोखरा रंगशालामा जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ ।

मनाङको जितमा अञ्जनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । त्यसअघि ब्रिगेडले खेलमा अग्रता लिने सुनौलो अवसर गुमाएको थियो । १६औं मिनेटमा मनाङका आदित्य चौधरीले शिशिर लेखीलाई फाउल गरेपछि ब्रिगेडले पेनाल्टी पाएको थियो । तर शिशिरले प्रहार गरेको पेनाल्टी फ्रेममा पर्न सकेन र आकाशियो ।

जारी सिजन पेनाल्टी मिस भएको यो दोस्रो पटक हो । यसअघि च्यासलका विकास मेरागल्याले थ्रीस्टार विरुद्ध पेनाल्टीमा गोल गर्न चुकेका थिए । जितपछि मनाङ ७ खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । एक खेल कम खेलेको मछिन्द्र १४ अंकसहित दोस्रो स्थानमा छ । यस जितले मनाङको एएफसी कप छनोट खेल्ने सम्भावना कायम रहेको छ । सातौं चरणको समाप्तिपछि शीर्ष स्थानमा रहने एएफसी क्लब लाइसेन्स प्राप्त क्लबले एएफसी कप छनोट खेल्ने प्रावधान छ ।

त्यसैले अब मछिन्द्रले आइतबार नेपाल पुलिससंग खेल्ने खेलमा मनाङको नजर रहनेछ । उक्त खेलमा मछिन्द्रलाई जित्नैपर्ने बाध्यता छ । यदि मछिन्द्र पुलिससंग बराबरीमा रोकिए वा पराजित भए मनाङले एएफसी कप छनोट खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४