Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादीको नयाँ विधान : पदाधिकारी संख्या अनिश्चित, दुई कार्यकालको सीमा तोकिएन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १७ २०७८
  • 1.7K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रले कार्यकारी पदमा दुई कार्यकालको सीमा नतोक्ने भएको छ ।

एक सातादेखि जारी आठौं राष्ट्रिय महाधिवेशनको समूहगत छलफलमा अधिकांशले कार्यकारी पदमा दुई कार्यकालको सीमा र उमेर हद तोक्नुपर्ने माग गरेका थिए । तर शनिबार विधान पारित गर्दा दुबै माग सम्बोधन भएन ।

नेकपा एमालेमा कार्यकारी पदमा दुई कार्यकालको सीमा र ७० बर्षे उमेर हद दुबै लागू भइसकेको छ । नेपाली कांग्रेसले पनि १४ औं महाधिवेशनबाट कार्यकारी पद (सभापति)मा दुई कार्यकालको सीमा लागू गरेको छ ।

माओवादी केन्द्रमा भने कार्यकाल र उमेर हदको कुनै सीमा छैन । स्थायी समिति सदस्य देव गुरुङले पेश गरेको विधानको मस्यौदा केही संशोधनसहित पारित गरिएको छ । केन्द्रीय सदस्यको संख्या २९९ बनाउने तय भए पनि पदाधिकारीको संख्याका विषयमा भने यकिन गरिएको छैन ।

माओवादीमा पदाधिकारी संख्या पनि केन्द्रीय समितिले तय गर्ने भएको छ । जबकी केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १५ पदाधिकारी बनाउने प्रस्ताव गरेका थिए, जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष हुने उल्लेख थियो ।

केन्द्रीय सदस्यमा पनि ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशीबाट चयन गरिने भएको छ ।

समावेशीबाट आउने ५० प्रतिशत केन्द्रीय सदस्यमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर छुटयाइएको छ । खुला र सबै क्लस्टरबाट गरी ३५ प्रतिशत महिला आउने व्यवस्था गरिएको छ । यस्तै अध्यक्षले मनोनित गर्न पाउने केन्द्रीय सदस्य १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४