Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोठामा कोइला र हिटरको प्रयोग गर्दै हुनुहुन्छ ? यसरी अपनाउनु होस् सावधानी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १६ २०७८
  • 6K
    SHARES

काठमाडौं / बुधबार राती नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको दुःखद मृत्यु भएको छ । क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराईसँगै चार जनाको मृत्यु भएको हो । प्रहरी स्रोतका अनुसार कालीकोट, खाडाचक्र घर भएका भट्टराईसंगै उनकी आमा कोकिला भट्टराई, दिदी नन्दकली र उनका तीन महिने छोरा इप्सन भट्टराईको मृत्यु भएको हो । यस्तै, भट्टराईकी श्रीमती सुशीला, तीन वर्षीय छोरा विवश र भाई नरेन्द्र भट्टराईको अस्पतालमा उपचार भइरहेको छ । सुशीला होशमा रहे पनि विवश र नरेन्द्रको अवस्था गम्भीर छ । उनीहरु सुतेको कोठाभित्र टिनको बट्टामा कोठा न्यानो बताउन आगो बालेको पाइएको छ । साथै झ्याल, ढोका बन्द भएकाले उनीहरुको निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

यस्तै, काठमाडौं, बागबजारस्थित काठमाडौं मोडल कलेज (केएमसी)को होस्टलको बाथरुममा सोमबार ग्यास गिजरमार्फत् पानी तताएर नुहाउन गएका १८ वर्षीय विद्यार्थी सुशील सहनीको ज्यान गयो । नुहाउन छिरेका उनी धेरै बेरसम्म बाहिर ननिस्केपछि होस्टलका कर्मचारीले ढोका फुटाएर हेर्दा बेहोस अवस्थामा भेटिएका थिए । उपचारका लागि तत्काल लगिए पनि अस्पताल पुगेलगत्तै डाक्टरले मृत घोषणा गरे ।  यी त केही प्रतिनिधि घटना मात्रै हुन् । चिसोबाट बच्न हिटर, कोइला, गिजर प्रयोग गर्दा सावधानी नअपनाएमा ज्यानै जान सक्छ भन्ने कुरा यी घटनाबाट पनि प्रमाणित हुन्छ ।

देशका विभिन्न भागमा बर्षासहित हिमपात हुँदा चिसो अत्याधिक बढेको छ । चिसोबाट बच्न कोठा तताउन प्रयोग गरिने हिटर, कोइला लगायतले ज्यानै जान सक्ने हुँदा सावधानी अपनाउन विशेषज्ञहरुले आग्रह गरेका छन् । छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार हिटर, गिजर प्रयोग गर्दा वा कोइला बालेर सुत्दा अक्सिजनको खपत बढी हुनुका साथै कार्वन मोनोअक्साइड ग्याँसको मात्रा बढ्छ । भेन्टिलेशन नभएको गुम्म परेको कोठामा हावाको ओहोरदोहोर हुन नपाउँदा रङ र गन्धहीन कार्बन मोनोअक्साइडले मानिसको मृत्यु हुन सक्छ ।

डा. बमका अनुसार कार्वनमोनोअक्साइड श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा पुग्छ भने फोक्सोबाट रगतको नलीमा पुग्छ, जुन रक्तकोशिकामा हेमोग्लोबिन भन्ने तत्व हुन्छ । रक्तसञ्चारमार्फत मस्तिकमा पुग्नुका साथै शरीरको पुरै अंगमा त्यही ग्याँस पुग्छ । कार्बन मोनोअक्साइड रक्त सञ्चारमार्फत टाउकोमा पुग्दा टाउको दुख्ने, बान्ता आउला जस्तो हुन्छ । त्यो अवस्थामा थाहा नपाएको खण्डमा मान्छे अर्धचेत अवस्थामा पुग्छ । त्यसबेला मुटुको गतिमा परिवर्तन आउँछ र कार्बन मोनोअक्साइडको पोइजनिङ भएर मानिसको मृत्यु हुन्छ ।

  • हिटरको प्रयोग गर्दा कस्तो कुरामा ध्यान दिने ?
  • चलिरहेको हिटरलाई समय समयमा बन्द गरिरहनुपर्छ ।
  • राती सुत्नुभन्दा पहिला हिटरलाई बन्द गरेर मात्रै सुत्नुपर्छ ।
  • हिटर बालेको समयमा ढोका र झ्याल खुला राख्नुपर्छ ।
  • ग्याँसबाट चल्ने हिटरको नजिक छिटो जल्ने खालको सामग्री राख्न हुँदैन ।
  • श्वासप्रश्वास, मुटु, नियमित खोकी लाग्ने व्यक्तिले सकेसम्म हिटरको प्रयोग नगर्ने ।
  • लामो समयसम्म हिटरको प्रयोग गर्दा छाला, आँखालाई समेत सुख्खा बनाउँछ ।
  • धेरै हिटर ताप्दा छालामा समस्या देखिने भएकाले छालामा नियमित चिल्लो पदार्थ लगाउनुपर्छ ।
  • #हिटर#कोइला

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४