Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पत्रकार दावी गर्ने एकजना ८९२ एम्पुल लागु औषधसहित पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १६ २०७८
  • 2.8K
    SHARES

काठमाडौं महानगरपालिका–३२ स्थित जडिबुटीबाट प्रहरीले युगान्तर मिडियाको बजार प्रतिनिधिको परिचय पत्र बोकेका एकजनालाई लागु औषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका–४ घर भई अहिले तारकेश्वर नगरपालिका–११ स्थित लोलाङ बस्ने वर्ष ४६ का लेखबहादुर तामाङ छन् ।

.उनको साथबाट ८ सय ९२ एम्पुल लागुऔषध बरामद गरिएको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर सुरेशराज भट्ट नेतृत्वको टोलीले उनको साथबाट नुर्फिन २८६ एम्पुल, फेनारगन २९२ एम्पुल र डाइजेपाम २८४ एम्पुल बरामद गरेको हो ।

आरोपीले आफुलाई पत्रकार दावी गरेको तर, त्यसबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जन न्युज नेपाल खबरलाई बताए । जडिबुटीस्थित मनोहरा फलफुल तथा तरकारी बजार नजिकैबाट पक्राउ परेका तामाङलाई कोटेश्वर प्रहरीको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४