Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफ्नै टाउकोमा आगो लगाएर हिंड्न तयार छौं : प्रचण्ड


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १६ २०७८
  • 4.3K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई क्रान्तिकारी बनाउने अवसर गुम्न नदिने बताएका छन् ।

कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला ? चिल्लो गाडी छोड्न सक्ला भनेको भन्दै प्रचण्डले भने, ‘जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरुसँगै बस्न, मजदूरसँग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो छैन । प्रज्ञा भवनमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिंदै प्रचण्डले भनेका छन्, ‘यो पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्न ।’

माओवादीले अहिलेसम्म छलाङ हान्दै आएको र आवश्यक पर्दा आफ्नै टाउकोमा आगो लगाएर हिंडन हामी तयार रहेको उनले बताए । कतिपयले अराजकता या अस्थिरतावादी पनि भन्ने गरेको भन्दै उनले भने, ‘२०४५ सालमा सानो समूहबाट शुरु गरेर २०५२ सालमा जनयुद्ध शुरु गरेर शान्तिप्रक्रिया हुँदै गणतन्त्रको स्थापना, संविधानको निर्माण गरेर आजको अवस्थासम्म पुग्नु गतिशीलता हो कि अस्थिरता हो ?’

अहिले पनि एउटा छलाङ हान्न खोजेको भन्दै उनले भने, ‘जरुरी पर्दा आफ्नै टाउकोमा आगो लगाएर हिंडन हामी तयार छौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४