Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्रम स्वीकृति नलिई विदेश जाने महिलाले अध्यागमनमा स्वःघोषणा फारम भर्नुपर्ने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १५ २०७८
  • 3.4K
    SHARES

खाडी लगायत अन्य मुलुकमा श्रम स्वीकृत नलिई यात्रा गर्न लागेका नेपाली महिलाले अब ‘आफू भिजिट/टुरिष्ट भिसामा काम गर्ने उद्देश्यले जान नलागेको’ बेहोरा खुल्ने गरी स्वःघोषणा फारम भर्नुपर्ने भएको छ ।


काठमाडौं । खाडी लगायत अन्य मुलुकमा श्रम स्वीकृत नलिई यात्रा गर्न लागेका नेपाली महिलाले अब ‘आफू भिजिट/टुरिष्ट भिसामा काम गर्ने उद्देश्यले जान नलागेको’ बेहोरा खुल्ने गरी स्वःघोषणा फारम भर्नुपर्ने भएको छ । अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आफ्ना कर्मचारीका लागि निर्देशन जारी गर्दै यस्तो व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

बिहीबार कार्यालयका सबै समूहका कर्मचारीलाई निर्देशन जारी गर्दै कार्यालयले भनेको छ, ‘खाडी लगायत अन्य मुलुकमा नेपाली महिलाहरु श्रम स्वीकृति नलिई काम गर्ने उद्देश्यले जान लागेको आशंका लागेमा अध्यागमन ऐन, कानून र पछिल्ला मापदण्ड लागू गर्नुका साथै अतिरिक्त रजिष्टर खडा गरेर म भिजिट/टुरिष्ट भिसामा काम गर्ने उद्देश्यले जान लागेको होइन भन्ने स्वःघोषणा फारम समेत भर्न लगाउने, साथै नातेदारलाई भेट्न जाने उद्देश्यले जान लागेको भए उक्त फारममा नातेदारको राहदानी र नागरिकता समेत अनिवार्य रुपमा खुलाउने ।’

कार्यालयले आफ्नो कर्मचारीलाई डेस्कमा नरम, शिष्ट र सम्मानित रुपमा प्रस्तुत हुन निर्देशन जारी गर्दै छलफल र सोधपुछका क्रममा समेत यस्तै व्यवहार देखाउन निर्देशन दिएको छ ।

यस क्रममा अध्यागमन कानून र मापदण्डमा भने कडाइका साथ लागू गर्न भनिएको छ । यात्रुको कागजातमा आशंका गर्ने ठाउँ भएपनि दोषी हुने पर्याप्त आधार नभएसम्म यात्रु निर्दोष नै रहेको व्यवहार देखाउन समेत कर्मचारीलाई भनिएको छ ।

  • डेस्कमा बसेका कर्मचारीले यात्रुसँग बहस नगर्ने

पछिल्लो समय अध्यागमनमा यात्रु अड्किएपछि जहाजको प्रस्थान ‘डिले’ हुने प्रवृत्ति बढेको भन्दै अब कागजात नपुगेका वा कागजातमा आंशका भएका यात्रुसँग छलफल र बहसमा अध्यागमनको डेस्कमा बसेका यात्रु अड्कन पाइने छैन ।

यस्ता यात्रुसँग वरिष्ठ अध्यागमन अधिकृतले छलफल गरेर छिटो निर्णय दिनु पर्ने भएको छ । यसले अन्य यात्रु लामो समय लाइनमा अड्किनु पर्ने समस्या समाधान हुने छ ।

  • जहाज उड्नुभन्दा एक घण्टा अगाडि नआउने यात्रुलाई लाइनमा नराखिने

पूर्ववत रुपमा तोकिएको जहाज उड्ने समयभन्दा एक घण्टा अगाडि नै अध्यागमनको क्षेत्रमा प्रवेश नभएका यात्रुलाई सामान्यतया अध्यागमनको लाइनमा नराखिने व्यवस्था छ । सो व्यवस्थालाई कडाइका साथ लागू गर्न समेत अध्यागमन कार्यालयले कर्मचारीलाई निर्देशन दिएको छ । यसले अध्यागमनको अभिलेख राख्ने समयको अभाव हुने हुँदा ढिला आउने यात्रुलाई लाइनमा नराख्न भनिएको छ ।

साथै कुनै कारणले अध्यागमन पार गरी जहाज उड्ने स्थानमा पुगेको यात्रु सो उडानबाट उड्न नपाएको अवस्थामा भने दोस्रो पटक अध्यागमनमा आउँदा बिना झन्झट प्रस्थानको अनुमति दिनु पर्ने भएको छ । एउटा व्यक्तिमाथि कार्यालयले एकै समयमा दुई खाले निर्णय नगर्न समेत कार्यालयले आफ्ना कर्मचारीलाई निर्देशन दिएको हो । प्रस्थान अनुमतिका लागि चाहिने कागजात नपुगेको तर, यात्रुले मनासिव मौका मागेको अवस्थामा बाहेक छिटो निर्णय लिएर प्रस्थान अनुमति दिनु पर्ने भए दिने र नदिनु पर्ने भए तत्काल फर्काउने निर्णय समेत अध्यागमन कार्यालयले दिनुपर्ने गरी निर्णय गरिएको छ ।

यात्रुले अध्यागमन डेस्कमा प्रस्थान अनुमतिका लागि चाहिने आवश्यक कागजात पेश गर्न नसकी फर्काइएको यात्रुले सो कागज लिएर आएमा अध्यागमनले अर्को कारण देखाउँदै पुनः यात्रुलाई फर्काउन अब नपाउने भएको छ । एउटै कार्यालयको विभिन्न निर्णयले पटकपटक कागजात माग गर्दा झन्झटिलो र यात्रुको आर्थिक क्षति समेत बढ्ने भएकाले यस्तो निर्णय लिइएको कार्यालयको भनाईछ ।

  • भारत जान नागरिकता मात्रै भएपनि अनुमति पाइने

पछिल्लो समय भारत जाने यात्रुको साथमा राहदानी नभएको भन्दै अध्यागमन कार्यालयले दुःख दिने गरेको गुनासो बढेसँगै कार्यालयले अब आवश्यक कागजात पूरा गरी भारत जान लागेको यात्रुको साथमा राहदानी नभए पनि प्रस्थान अनुमति दिने निर्णय गरेको छ ।

नेपालबाट भारत जान र भारतीय नागरिक नेपाल आउन भिसा लगाउनु पर्दैन । सोहीकारण नागरिकताका आधारमा समेत यात्रुले यात्रा गर्न सक्छन् अध्यागमन कार्यालयले भारत प्रस्थान गर्ने नेपालीलाई राहदानी वा नागरिकतामध्ये कुनै एक कागजात पेश गरेपछि प्रस्थान अनुमति दिने निर्णय गरेको छ । नक्कली भएको प्रमाणित नभएसम्म भारत यात्रामा अध्यागमनले रोक लगाउने छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४