उनले जनवर्गीय संगठनहरुमा नेतृत्व र पदाधिकारीविहीन बनाउँदा राम्रो सन्देश नगएको बताए । ‘महाधिवेशनमा पनि यो स्थिति पैदा हुनु हुँदैन,’ उनले भने, ‘माथिल्लो तहका कमजोरीले तल्लो तहमा देखिएको उत्साहलाई समेत कमजोर बनाइएको छ ।’
उनले प्रचण्डपथलाई प्रचण्ड विचारधाराका रुपमा अघि बढाइनुपर्ने समेत बताएका छन् । उपत्यका विशेष प्रदेशको समूहका टोली नेता जगत सिम्खडाले पनि प्रचण्डपथलाई ब्यूँताउनुपर्ने मत समूह छलफलमा आएको जानकारी गराएका छन् । सम्पर्क समन्वय विशेष प्रदेश कमिटी नेता श्रीकृष्ण अधिकारी (बिबेक शर्मा)ले दस्तावेजमा भारतीय विस्तारवाद, हिन्दु अतिवादले नेपालमा पारेको असर उल्लेख गर्नुपर्ने बताए ।
समूहगत छलफलका निष्कर्षहरु प्रस्तुत भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्नेछ, त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् ।
