Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेताहरुमा कति छ ‘फेसन सेन्स’ ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १५ २०७८
  • 9.6K
    SHARES

काठमाडौं । सधैंभरि दौरा सुरुवाल र नेपाली टोपीमा सजिने नेपाली नेताहरुको फेसन सेन्स कस्तो होला ? सधैंभरि एकैखाले पोशाकमा सजिने नेताहरुलाई पनि फेसनको आवश्यकता पर्छ ? के परम्परागत पोशाक दौरा–सुरुवाललाई नै हामी फेसनेबल बनाउन सक्छौं ? नेपाली नेताहरुको फेसन सेन्सको विषयमा केही फेसन डिजाइनरसँग कुराकानी गरेका छौं । फेसन डिजाइनर युबी थापा अधिकांश पुरानो पुस्ताका नेताहरु परम्परागत पोशाकमा सजिने भएकाले उनीहरु फेसनको बारेमा खासै ख्याल नगर्ने बताउँछन् । दोस्रो पुस्ताका नेताहरु परम्परागत पोशाकमा नहिँडे पनि उनीहरुले पनि एकाध बाहेक फेसनको बारेमा खासै चासो दिने गरेको पाइँदैन ।

अर्का फेसन डिजाइनर नवीन लुइँटेलको विचार पनि उस्तै छ । उनी भन्छन्, ‘पहिलो पुस्ताका नेताहरु अधिकांशले परम्परागत पोशाक लगाउने हुँदा उनीहरुले फेसनको बारेमा खासै चासो दिँदैनन् । दोस्रो पुस्ताका नेताले फेसनेबल कपडा लगाए पनि उनीहरुमा कलर कम्बिनेसन र पर्टिकुलर भने छैन ।’ लुइँटेल दौरा सुरुवालमै पनि अलिक फरक फेबरिक, हेण्डलुमका फेबरिक, त्यसमा ‘डेभलप’ हुने मोटिभ प्रिन्ट प्रयोग गरेर फेसनेबल बनाउन सकिने बताउँछन् । तर नेपालका नेताहरुमा यस्तो नरहेको उनी बताउँछन् ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापामा भने अरुको तुलनामा अलिक फेसन सेन्स रहेको थापा र लुइँटेल दुवैको बुझाइ छ । फेसन डिजाइनर युबी थापा भने गगन थापासँगै राप्रपाका पूर्वअध्यक्ष कमल थापामा पनि फेसन सेन्स देखिने बताउँछन् । फेसन डिजाइनरहरु नेपाली नेताहरुले इभेन्ट अनुसार फेसन छनोट नगर्ने पनि बताउँछन् । लुइँटेल भन्छन्, ‘अमेरिकातिर इभेन्ट कल्चर अनुसार प्लानिङ गरेर फेसन छनोट गर्छन् । धेरै परको कुरै गर्नुपर्दैन छिमेकी मुलुक भारतमा मोदीको पनि कन्सेप्ट कलर राम्रो हुन्छ । तर हाम्रा नेताहरुले त्यस्तो गर्दैनन् ।’ थापा भने नेताहरु फेसनमा धेरै पछि भएपनि उनीहरुले लगाउने पहिरन विश्वमै युनिक रहेकाले यसलाई पनि जोगाउनुपर्ने बताउँछन् ।

  • के नेताहरु टिपटप हुन जरुरी छ ?

फेसन डिजाइनरहरु बदलिँदो ट्रेण्डअनुसार आफू पनि अपडेट हुन जरुरी रहेको बताउँछन् । लुइँटेल भन्छन्, ‘ड्रेसअप र सुज भनेको पर्सनालिटीलाई निर्धारण गर्ने कुरा हो । मान्छेको व्यक्तित्व उसको ज्ञानभन्दा पहिले उसको पहिरनबाट झल्किन्छ ।’ ठूला नेताहरु विश्वभरको कार्यक्रममा आउजाउ गर्ने हुँदा फेसनेबल हुन जरुरी रहेको उनको तर्क छ । थापा र लुइँटेल परम्परागत पहिरनमा नै पनि फेसनेबल देखिन सकिने दाबी गर्छन् । दुवैजना पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उदाहरण दिँदै भन्छन्, ‘पहिलो पुस्ताका नेताहरुमा सबैभन्दा फेसनेबल ओली हुनुहुन्छ । उहाँले कपडा लगाउँदा कलर सेन्स र कहिल्यै नखुम्चिने गरी मिलाइएको हुन्छ ।’

डिजाइनर थापा हाम्रो मुलुकको पोशाक शैलीको तुलना अरु मुलुकसँग गर्नै नसक्ने धारणा राख्छन् । ‘हामीसँग मौलिक शैली छ । यसलाई बिगार्न पनि मिल्दैन । यही चिजलाई अलिक युनिक तरिकाले लगाउनेतिर सोच्नुपर्छ,’ उनी भन्छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईबीच तुलना गर्दा फेसनको सवालमा ओली अघि रहेको दुवैको बुझाइ छ । ओलीले आफ्नो पहिरनमा ‘कलर म्याचिङ’लाई धेरै ध्यान दिने उनीहरु बताउँछन् । सामान्यतया यो नेतालाई यही शैलीको फेसन सुहाउँछ भन्ने कुरा व्यक्तिको उचाइ, शरीरको रंग, तौल आदिमा भर पर्छ । तर नेपालका शीर्षदेखि अन्य नेतासम्मले पनि फेसनलाई त्यति महत्व नदिने गरेको कुरामा भने उनीहरु दुवैजना फेसन डिजाइनर सहमत छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४