Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बसपार्क सामूहिक बलात्कार : सीसी टीभीका आधारमा समातिए विदेश उड्न लागेका आरोपी “९ जना पक्राउ”


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १४ २०७८
  • 2.8K
    SHARES

काठमाडौं । प्रहरी प्रभाग, बसपार्कमा मंगलबार बिहान ११ बजेतिर ३३ वर्षीया महिला आइन्, उनको कुरा सुनेर काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी सुदीप गिरी आफैं बसपार्क पुगे । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोली पनि अनुसन्धानमा खटियो । एक जना महिलाले आफूमाथि रातभरि १० जनाले बलात्कार गरेको बताएपछि प्रहरी संवेदनशील भएको थियो’ एसएसपी गिरी भन्छन्, ‘सुरुमा पीडितलाई उपचारका लागि अस्पताल लैजान भन्यौं र अनुसन्धान थाल्यौं ।

पीडितलाई थापाथलीस्थित प्रसुति गृहमा लगेर प्रहरीले मानिसक तथा शारीरिक स्वास्थ्य परीक्षण गरायो ।  चिकित्सकले सोधपुछ गरेर अनुसन्धान गर्न मिल्ने अवस्था रहेको बताएपछि उनी डिस्चार्ज भइन् । शंकास्पद होटलको क्लोज सर्किट (सीसी) क्यामराको विश्लेषणका आधारमा अनुसन्धान सुरु भयो ।

  • दुबई उड्न लागेका व्यक्ति विमानस्थलमा समातिए

महिलाको बयानअनुसार उनी सोमबार सुर्खेतबाट काठमाडौं आएकी थिइन् । बसपार्कमा एक जना व्यक्तिले उनलाई भेटेर काम दिलाइदिने आवाश्वसन दिए । ती व्यक्तिको नम्बर उनले एउटा चिर्कटोमा राखेकी रैछिन्’ अनुसन्धानमा संलग्न काठमाडौं प्रहरीका एक अधिकृत भन्छन्, ‘पीडितले खबर गर्नेवित्तिकै बसपार्क प्रहरीले त्यही नम्बरमा फोन गरेछ, त्यसयता त्यो नम्बर बन्द छ ।’ स्रोतका अनुसार त्यो नम्बर रातभर बसपार्क क्षेत्रमै देखिएको छ ।

हालसम्म प्रहरीले त्यो नम्बरका व्यक्तिलाई त पक्राउ गर्न सकेको छैन । तर सीसी क्यामरा विश्लेषणका आधारमा ९ जनालाई पक्राउ गरिसकेको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार बसपार्कका शंकास्पद होटलहरुको सीसी टिभी फुटेज हेर्दा एउटामा पीडित महिला देखिइन् ।

‘सँगै रहेका पुरुषलाई देखाएर सोध्दा उनले अन्तिममा आफूमाथि करणी गर्ने व्यक्ति त्यही भएको बताइन्’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘त्यसपछि त्यो हुलियाको व्यक्तिबारे अनुसन्धान गर्दा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेको खुल्यो । प्रहरीका अनुसार ती अर्घाखाँचीको शीतगंगा नगरपालिका–१२ का गोपालकुमार शिरिष थिए । ‘उनको राति ११ बजेको फ्लाइट रहेछ, बलात्कारमा संलग्न देखिएपछि विमानस्थलबाटै समातेर ल्यायौं’ स्रोत भन्छ ।

सीसी टीभी फुटेजकै आधारमा अनुसन्धान गरिरहँदा थप व्यक्तिहरु पनि पक्राउ पर्दै गए । ‘पक्राउ पर्नेका बयानबाट हेर्दा घटना तीन वटा ठाउँमा भएको देखिन्छ’ एसएसपी गिरी भन्छन्, ‘दुई वटा होटल पुष्टि भइसकेको छ, थप एक ठाउँ स्पष्ट भइसकेको छैन ।’

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार यो घटनामा संलग्न एक जना अझै फरार छन्, उनको व्यवस्थापनमा विभिन्न व्यक्तिलाई ती महिलासमक्ष पुर्‍याइएको हुनसक्छ । ‘तर सबैको बयान र पीडितको भनाइलाई जुधाएर अनुसन्धान हुन बाँकी रहेकाले अहिल्यै भनिहाल्न हतार हुन्छ’ ती अधिकृत भन्छन्, ‘बयानलाई वस्तुस्थितिले भेरिफाइ गर्न पनि बाँकी छ ।’

  • हिरासतमा राखेर विस्तृत अनुसन्धान हुन्छ : मैनाली

काठमाडौं प्रहरीका प्रवक्ता दिनेशराज मैनाली पक्राउ परेका ९ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिएर विस्तृत छानविन हुने बताउँछन् । अझै धेरै विषय खुल्छ बाँकी छ, प्रहरीले संवेदनशील भएर छानविन गरिरहेको छ’ मैनाली भन्छन्, ‘यो घटनामा काठमाडौं प्रहरी सुरुदेखि नै गम्भीर भएर लागेकै कारण २४ घन्टामै सबै आरोपित समातिएका छन् ।

उनका अनुसार पक्राउ परेका अधिकांश विदेश जाने तयारी गरिरहेकाहरु छन् । ‘कोहीको भिसा लागेको छ, कोही प्रोसेसका लागि आएका थिए’ उनले भने । मैनालीका अनुसार पक्राउ पर्नेमध्ये हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजवाल, दीपक नेपाली, शिवहरि बुढा, युवराज बडुवाल, हस्त नेपाली र चन्द्र साउद गरी ८ जना मुगुका हुन् । गोपाल शिरिष चाहिँ अर्घाखाँचीका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४