Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“ओमिक्रोनले अमेरिका र युरोपमा रेकर्ड तोड्दै “अमेरिकामा एकैदिन ४ लाख ४१ हजार संक्रमित”


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १४ २०७८
  • 4.3K
    SHARES

काठमाडौं /  एक महिनाअघि दक्षिण अफ्रिकामा देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण निकै रफ्तारमा बढ्दा विश्वभर चिन्ता बढाएको छ । युरोप र अमेरिकामा दिनहुँ रेर्कड तोड्दै संक्रमित थपिएका छन् ।अमेरिका र युरोपेली राष्ट्रहरुमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन दिनहुँ रेकर्ड तोड्दै उच्च गतिमा फैलिएको छ ।

 अमेरिकाको स्वास्थ्य कार्यलयहरुले गत सोमबारसम्म ४ लाख ४० हजार व्यक्तिमा ओमिक्रोन देखिएको छ ।  सोमबारमात्र ४ लाख ४१ हजार २ सय ७८ अमेरिकीमा कोभिडको संक्रमण देखिएको थियो । जुन तथ्याक अहिलेसम्मकै उच्च हो ।अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले अमेरिकामा साताभित्र बढेको संक्रमण जनवरी २०२१ पछिको सबैभन्दा उच्च रहेको जनाएको छ । युरोपेली राष्ट्र फ्रान्स, इटली, ग्रिस, पोर्चुगल र बेलायतमा संक्रमितको संख्या दिनहुँ बढेको छ । पोल्यान्डमा चौथो लहर सुरु भएपछि पहिलो पटक कोरोनाका कारण एकै दिन ७ सय ९४ व्यक्तिको मृत्यु भयो ।

 तिमध्ये खोप नलगाएका धेरै व्यक्तिहरु रहेका छन् ।यस्तै मंगलबार फ्रान्समा १ लाख ७९ हजार ८ सय ७ जनामा संक्रमण पुष्टि भयो । यो संख्या फ्रान्समासमेत अहिले सम्मकै उच्च हो । फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभर भेरानले आगामी जनवरीको सुरु सम्ममा दैनिक २ लाख ५० हजार संक्रमित भेटिने चेतावनी दिएका छन् । फ्रान्सेली अस्पतालहरुको महासंघले पनि कठिन समय आउँन बाँकी नै रहेको जनाएको छ ।

 यस्तै बेलायतमा १ लाख १७ हजार संक्रमित भेटिएका छन् भने इटालीमा ७८ हजार बढीमा संक्रमण पुष्टि भएको छ । विभिन्न अध्ययनहरुले यसअघि देखिएको डेल्टा भेरियन्टभन्दा ओमिक्रोन कम घातक भए पनि छिटो सर्नेहुँदा जोखिम बढाउने देखाएको छ । विश्वस्वास्थ्य संगठन (डब्लुएचओ)ले बढी संक्रामक देखिएको ओमिक्रोनले निम्त्याउने जोखिम निकै उच्च हुने पटक–पटक चेतावनी दिइसकेको छ । ओमिक्रोन संक्रमित ७० प्रतिशत व्यक्तिलाई अस्पताल भर्ना गर्नु नपर्ने अवस्था रहेको छ । डब्लुएचओले कोरोनाका सबै भेरियन्टहरु युरोपमा ५७ प्रतिशत र अमेरिकामा ३० प्रतिशतले बढेको जनाएको छ ।

  • #अमेरिकाओमिक्रोनकोभिडयुरोप

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४