Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादीको महाधिवेशनमा आज समूहगत छलफलको निष्कर्ष सुनाइदै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १४ २०७८
  • 3.1K
    SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बन्दसत्रमा आज समूह नेताहरुले अध्यक्षको राजनीतिक प्रतिवेदनमानि राय सुझाव दिनेछन् । हिजो विभिन्न २५ समूहमा विभाजन गरेर पार्टी अध्यक्षको दस्तावेजमाथि बहस गरिएको थियो ।

सोही बहसकोक्रममा उठेका विषयहरु आज समुह नेताहरुले बन्दसत्रमा राख्नेछन् । यसका लागि हरेक समुहलाई १५ मिनेटको समय दिइनेछ । आजको बन्दसत्र दिउसो १ बजे सुरु हुनेछ । त्यसअघि छलफल बाँकी रहेका समुहहरुले आ आफ्नो समुहमा छलफल टुंग्याउनेछन् ।

हिजो छलफलकोक्रममा अधिकांश महाधिवेनश प्रतिनिधिहरुले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन अस्पष्ट भएको गुनासो गरेका छन् । ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको प्रचण्डको राजनीतिक दस्तावेजले समाजवादलाई लक्ष्य तोकेपनि त्यहाँसम्म पुग्ने बाटो र अवधिबारे भने केही खुलाएको छैन ।

साथै दक्षिणी छिमेकी भारतलाई हेर्ने दृष्टिकोणमा पार्टी अध्यक्षले नियोजित ढंगले मौनता देखाउनु शंकास्पद भएको प्रतिनिधिहरुको राय छ ।
यसैबिच, माओवादी केन्द्रको जारी आठाैँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रस्तावमाथि नेता राम कार्कीले पूरक प्रस्ताव पेश गर्नुभएको छ । ‘केही पूरक, केही नवीन धारणा’ नाम दिइएको प्रस्तावमा कार्कीले संघीयता र समावेशिताको नाममा भइरहेको अभ्यासमाथि प्रश्न उठाउँदै अवस्था आफूहरुले सोचेअनुरुप अगाडि बढ्न नसकेको टिप्पणी गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४