Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लेष्टर सिटीद्वारा लिभरपुल पराजित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १४ २०७८
  • 11.4K
    SHARES

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले लिभरपुललाई हराएको छ । गएराति लेष्टर सिटीको मैदानमा भएको खेलमा लिभरपुल १–० ले पराजित भयो । घरेलु टोली लेष्टर सिटीको जितमा एडेमोला लुकम्यानले निर्णायक गोल गरे ।

खेलको सुरुमै लिभरपुलका मोहोमद सालाहको पेनाल्टी प्रहारलाई विपक्षी गोलरक्षक कास्पर स्माइकलले रोकिदिए । हारसँगै लिभरपुलले शिर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक दुरी घटाउने अवसर गुमाएको छ । लिगमा सिटीको १९ खेलबाट ४७ अंक छ । समान खेलबाट लिभरपुल र चेल्सीको ४१ अंक भएको छ ।

गएराति भएका प्रिमियर लिगकै अन्य खेलहरुमा वेष्ट ह्याम युनाइटेडले वाट्फोर्डलाई ४–१ ले हराउँदा क्रिष्टल प्यालेसले नरिच सिटीमाथि ३–० को जित निकाल्यो । साउथह्याम्पटन र टोटनह्याम हट्सपरले १–१ गोलको बराबरी खेल्दा आर्सनल र वुल्भरह्याम्पटन तथा लिड्स युनाइटेड र एस्टन भिल्लाबिचको खेल कोभिडका कारण ‘पोस्ट पोन्ड’ गरियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४