Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बढ्यो जाडो, उपत्यका आसपासमै हिउँ पर्न सक्ने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १३ २०७८
  • 7.1K
    SHARES

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम बदली हुँदा देशभर चिसो बढेको छ । पश्चिमतर्फबाट नेपाल प्रवेश गरेको यो प्रणाली अहिले देशभर फैलिएको छ ।

उक्त प्रणालीको कारणले उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुनुका साथै पहाड र तराई-मधेसका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • उपत्यका नजिकै हिउँ पर्न सक्ने !

महाशाखाका मौसमविद गंगा नगरकोटीले काठमाडौं उपत्यका वरपरका अग्ला स्थानमा पनि हिउँ पर्नसक्ने बताइन् । मौसमविद नगरकोटीले जन न्युज नेपाल खबरसँग भनिन्, ‘काठमाडौं उपत्यका र उपत्यका वरपर आज रातिदेखि वर्षासँगै हिउँ पनि पर्ने अनुमान छ । अर्का मौसमविद वरुण पौडेलले पनि ‘हल्का हिउँ पर्ने’ पूर्वानुमान गरिएको बताए । ‘मनाङ, डोल्पा, हुम्लातिर हिमपात भइराख्या छ । पहाडी भूभागमा हल्का वर्षा छ । तराईतिर बादल र हुस्सु कुहिरोको अवस्था छ,’ मौसमविद पौडेलले भने, ‘काठमाडौं उपत्यकाको हकमा डाँडाकाँडातिर हल्का वर्षा हुने र हिउँ पर्ने सम्भावना छ ।’

काठमाडौं उपत्यकाका चन्द्रागिरि, फूलचोकीका साथै दोलखाको कालिञ्चोक, जिरीलगायतका क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको पौडेल बताउँछन् । यद्यपि रातभरमा कति बादल जम्मा हुन्छ त्यसको आधारमा हिमपातको प्रकृतिबारे एकिनका साथ भन्न सकिने बताउँदै उनले भने, ‘अग्ला स्थानहरुमा थोरै भए पनि हिमपात हुने सम्भावना चाहिँ छ ।’

  • जाडो झन् बढ्ने

मौसमविदका अनुसार बादल लागेको बेला अधिकतम तापक्रम र घाम लागेको बेला न्यूनतम तापक्रम घट्ने हुँदा जाडो बढ्छ । रातिदेखि जाडो झन् बढ्ने पूर्वानुमान मौसमविद पौडेलले गरे । ‘दुई दिनसम्म राम्रोसँग घाम नलागेकाले चिसो बढेको छ, तापक्रम अझै घट्ने क्रममा छ,’ पौडेलले भने, ‘अहिलेको प्रणालीले वर्षाको जस्तो ठूलो झरी त गराउँदैन तर चिसो हुन्छ, जाडो झन् बढाउँछ ।’ आज साँझ पौने ६ बजे मौसम पूर्वानुमान महाशाखाले गरेको रेकर्ड अनुसार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १५ डिग्री सेल्सियस छ । आज बिहान पौने ९ बजेको रेकर्डमा न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस छ । रातिदेखि तापक्रम अझै घट्ने अनुमान मौसमविदको छ ।

  • बिहीबारदेखि क्रमिक सुधार

पश्चिमी न्यून चापीय प्रणाली नेपालको पश्चिम क्षेत्रबाट सोमबार (पुस १२ गते) प्रवेश गरेको थियो । यो प्रणालीको प्रभाव मध्य क्षेत्र हुँदै क्रमशः देशको पूर्वी भूभागसम्म फैलिएको छ । यसैको कारण अहिले देशभर बादल लागेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागहरुमा हल्का वर्षासँगै हिमपात भइरहेको छ । यस्तो अवस्था बिहीबारबाट क्रमशः कम हुँदै जाने अनुमान मौसमविदले गरेका छन् । मौसमविद नगरकोटीले आजको जस्तै अवस्था भोलि पनि रहने बताउँदै भनिन्, ‘पर्सिबाट भने मौसममा क्रमशः सुधार आउने देखिन्छ ।’

अर्का मौसमविद पौडेलले पश्चिम नेपालमा बिहीबारबाट मौसममा सुधार हुने र शुक्रबारबाट अन्य प्रदेशहरुमा पनि क्रमिक रुपमा सुधार हुने बताए । ‘सुदूरपश्चिम क्षेत्रबाट मौसम खुल्दै जान्छ । बुधबारको भन्दा बिहीबार धेरै नै सुधार हुन्छ,’ मौसमविद पौडेलले भने, ‘शुक्रबारबाट त झन् धेरै सुधार हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४