Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादीको महाधिवेशनः प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि २५ समूहमा छलफल हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १३ २०७८
  • 2.6K
    SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनमा आजबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ । यसको लागि महाधिवेशन प्रतिनिधिलाई २५ समुहमा विभाजन गरिएको छ ।

प्रदेश अनुसार विभाजन गरिएका यी समुहको छलफल प्रज्ञा भवनका विभिन्न हल एवं पार्टी मुख्यालय पेरिस डाँडामा हुनेछ । माओवादी महाधिवेशनको दोस्रो दिन हिजो दाहालले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको ४५ पृष्ठको वैचारिक एवं राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो ।

प्रतिवेदनमा समान विचार राख्ने वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने आगामी कार्यदिशा अपनाइने उल्लेख छ । यस्तै वैचारिक अस्पष्टता हुँदा नेपालमा कम्युनिष्ट आन्दोलनलाई क्षती पुगेको दाहालको ठम्याई छ ।

दाहालले पार्टी शान्ति प्रक्रियामा आएपछि आफूले मुख्य रुपमा तीन वटा गल्ती गरेको स्वीकार्दै आत्मसमीक्षा गर्नु भएको छ । पालुङटारमा भएको पार्टीको विस्तारित बैठकपछि मुखमा चुनाव, मनमा विद्रोहको नीति लिनुलाई उहाँले पहिलो गल्ती ठान्नु भएको छ । सेना समायोजनका क्रममा पार्टीमा छलफल नगर्नु, प्रचण्डपथलाई हठात् स्थगित गर्नुलाई पनि दाहालले आफ्नो गल्ती ठम्याउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४