Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मसलाको रानी सुकुमेल,यस्ता छन् यसमा औषधीय गुण


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १३ २०७८
  • 12.2K
    SHARES

काठमाडौं । सुकुमेललाई मसलाको रानी भनिन्छ । सुकुमेलको वास्नैले तरकारीलाई स्वादिलो बनाइदिन्छ ।यसमा औषधीय गुण पनि हुन्छ । सुकुमेलको बोट बार्‍है महिना हरियो हुने भएकाले यसलाई बार्‍है महिना हरियो रहने मसला बाली पनि भनिन्छ ।नेपालमा सुकुमेलको उत्पादन कुनै–कुनै स्थानमा फाट्टफुट्ट देखिएपनि व्यवसायिक खेती भने अझै हुन सकेको छैन । भारतको केरला,कर्नाटक र तमिलनाडु जस्ता स्थानमा भने यसको खेती हुने गरेको छ । विश्व बजारमा सुकुमेलको माग धेरैनै छ ।

 सुकुमेल बोटमा फल्छ । यसको बोट ५ देखि १० फिटसम्म अग्लो हुन्छ । सुकुमेलको बोटले २ देखि ३ वर्षभित्र उत्पादन दिन थाल्छ । सुकुमेललाई सबैले चिनेकै हुन्छन् । यसलाई मसलाको रुपमा भान्छामा प्रयोग गरिन्छ । यसको प्रयोग हरेक दिन तरकारीमात्र होइन खानका विभिन्न परिकार बनाउँदा पनि गर्ने गरिन्छ । चिया पकाउँदा समेत त्यसलाई स्वादिलो र वास्नायुक्त बनाउन सुकुमेलको प्रयोग गरिन्छ । समुन्द्र सतहबाट ६०० मिटर देखि १७०० मिटर सम्म यसको खेति गर्न सकिन्छ । सुकुमेलको बजार मुल्य १५०० देखि १८०० रुपैयाँ प्रति किलो पर्दछ । सुकुमेल स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । केहि मानिसहरु मुखमा सुकुमेल राख्छन् । यसको प्रयोग मुख गन्हाउने समस्या सामधानका लागि पनि गर्ने गरिन्छ ।

यसको फाइदा अनगिन्ति छन् ।

१.यदि मानिसलाई कब्जियतको समस्या छ भने सुकुमेललाई पानीमा पकाएर पिउँदा यसले फाइदा गर्दछ । सुकुमेलले पाचन प्रक्रियालाई स्वस्थ बनाउँछ । जसका कारण कब्जियत हुन दिदैनन् ।

२.सुकुमेलले मौसम परिर्वतनका दिनहरुमा घाँटी दुख्ने समस्याहरुलाई निको पार्छ । रुघाखोकी छ भने सुकुमेललाई पिनेर महसँग मिसाएर खाएमा आराम मिल्छ ।

३. मुख गन्हाएको छ भने मुखमा सुकुमेल राख्दा सुकुमेलको वास्नाले गन्ध हराउनुका साथै मुखलाई स्वस्थ राख्ने गर्दछ । त्यसैगरी श्वास गनाउने समस्यालाई सामाधान गरी स्वादलाई बढाउने काम गर्छ ।

४.सुकुमेलको मात्रा मिलाएर प्रयोग गर्दा उच्च रक्तचापका बिरामीहरुलाई रक्तचाप नियन्त्रण गर्न प्रभावकारी हुन्छ ।

५.सुकुमेलमा पोटासियम,क्याल्सियम र म्याग्नेसियम खनिज तत्व पाइन्छ ।

६. मुटुको धड्कन कम हुने बिरामीहरुका लागी धड्कन सहि राख्न सुकुमेल निकै प्रभावकारी हुन्छ ।

७ भोक नलाग्ने ,बान्ता हुने, अपच हुने जस्ता समस्याहरुका लागी सुकुमेल खानाले फाइदा हुन्छ ।

८.छातीमा कफ जमेको छ र सास र्फेन गाह्रो भएको छ भने सुकुमेलको प्रयोगबाट राहत मिल्छ ।

९. बढि तिर्खा लाग्ने र घाँटी पोल्ने समस्या छ भने सुकुमेल मिसाएको पानि पिउँदा राम्रो हुन्छ ।

१०.यदि पिसाब सम्बन्धी समस्याहरु छ भने सुकुमेलको प्रयोग फाइदाजनक हुन्छ । कपुर, सुकुमेल र जाइफलको धुलोलाई मिसाएर कुनै कपडामा पोको पारेर बेला–बेलामा सुघ्ने गर्दा पनि शरीरमा रोग प्रतिरोधी क्षमताको विकास हुन्छ ।

सुकुमेलमा औषधीय गुण हुनुका साथै यसको यो शरीरका लागि फाइदाजनक भएकाले विज्ञ वा चिकित्सकसँग सल्लाह लिएर यसको प्रयोग गर्नुपर्छ ।
एजेन्सीहरुको सहयोगमा

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४