Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी केन्द्र : अध्यक्ष दाहालद्वारा राजनीतिक दस्तावेज प्रस्तुत, २५ समूहमा छलफल हुने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १२ २०७८
  • 8.5K
    SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दस्तावेज प्रस्तुत गर्नुभएको छ ।

सोमबारदेखि सुरु भएको बन्दसत्रमा अध्यक्ष दाहालले राजनीतिक तथा वैचारिक दस्तावेज प्रस्तुत गर्नुभएको छ ।

त्यसैगरी नेता देव गुरुङले पार्टीको विधान मस्यौता प्रस्तुत गर्नुभएको छ । प्रस्तुत दस्तावेजमाथि छलफल गर्नका लागि २५ वटा समूह विभाजन गरिएको छ । मंगलबारदेखि समूहगत छलफल सुरु हुने भएको छ ।

दस्तावेजमाथि समूहगत छलफल गरी सुझाव प्रस्तुत गर्न २५ समूहका संयोजकहरू तोकिएका छन् । जसअनुसार ज्येष्ठ कम्युनिस्ट मञ्च समूहको संयोजकमा एमके प्रसाईंलाई तोकिएको छ । सल्लाहकार समितिको दुईवटा समूह बनाइएको छ र संयोजकमा नन्दकुमार थापा तोकिनुभएकाे छ ।

त्यस्तै सातवटा भौगोलिक प्रदेशको पनि दुई-दुई वटा समूह बनाइएको छ । प्रदेश १ समूहको संयोजकमा हर्क नेम्वाङ, प्रदेश २ को संयोजकमा गणेश शाह, बागमतीकाे संयोजकमा सरल सहयात्री पौडेल, गण्डकीको संयोजकमा गायत्री गुरुङ, लुम्बिनीको संयोजकमा चक्रपाणि खनाल, कर्णालीको संयोजकमा विमला केसी र सुदूरपश्चिमको संयोजकमा खगराज भट्ट संयोजक तोकिएका छन् ।

प्रवास समितिको समूह संयोजकमा लक्ष्मण पन्त, केन्द्रीय विभागहरुको दुई समूह बनाई संयोजकमा मायाप्रसाद शर्मा तोकिएका छन् । विशेष प्रदेश समूह संयोजकमा जगत शिंखडाले जिम्मेवारी पाउनुभएको छ ।

सम्पर्क समन्वय प्रदेश समूहको संयोजकमा श्रीकृष्ण अधिकारी, पार्टीका सबै आयोगहरूको एक समूह बनाइ संयोजकमा विष्णुविकास श्रेष्ठ संयोजक तोकिएका छन् । जनवर्गीय मोर्चाहरुको समूह बनाई त्यसको अमृता थापालाई संयोजकको जिम्मेवारी दिइएको छ ।

अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको दस्तावेजमा नेपाली मौलिकता र विशेषतासहितको नेपाली पुँजिवादी क्रान्ति सम्पन्न भएको र नेपाली मौलिकता र विशेषताको समाजवाद प्राप्तिका लागि अघि बढ्ने कुरा उल्लेख भएको नेता शक्ति बस्नेतले जानकारी दिनुभयो ।

समाजवाद प्राप्तिको बाटो र प्रक्रिया पनि आफ्नै प्रकारको हुने मुल विषयवस्तु दस्तावेजमा रहेको उहाँको भनाइ छ ।

आइतबारदेखि सुरु भएको माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन पाँच दिनसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४